अध्यक्षमा कोरोना संक्रमण भएपछि गल्छी गाउँपालिका बन्द

प्रतिकात्मक तस्वीर

धादिङको गल्छी गाउँपालिका कार्यालय ६ दिनसम्मका लागि बन्द गरिएको छ ।

गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठ समेत ३ कर्मचारी र २ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि बन्द गरिएको हो ।


Advertisement

गाउँपालिकाले सबै काम बन्द गरे पनि स्वास्थ्य सेवा भने नियमित सञ्चालन हुने गाउँपालिका स्वास्थ्य सहसंयोजक शिव पौडेलले बताए । गाउँपालिकामा शनिवार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।तीमध्ये ३ नेपाली सैनिक रहेका छन् ।


Advertisement

कमेन्ट गर्नुहोस्