×

NMB BANK
NIC ASIA

ठूला निजी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरियोस्ः मुख्य सचेतक भट्टराई

कात्तिक १, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का राष्ट्रियसभा तर्फका मुख्य सचेतक खिमलाल भट्टराईले ठूला निजीअस्पतालहरुलाई कोभिड अस्पतालका रुपमा रुपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । राजधानीका ग्राण्डी, ह्याम्स, नर्भिक, मेडिसिटी जस्ता सुविधासम्पन्न ठूला निजी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरिनुपर्ने उनको जोड छ ।

Muktinath Bank

‘दिनहुँ कोरोना संक्रमित बढेको बढ्यै छन् । बिरामीहरु आईसीयू र भेन्टिलेटर नपाएर मर्ने अवस्थाको सृजना हुँदैछ । यसतर्फ गम्भीर बन्दै ठूला निजी अस्पताललाई सरकारले लिएर कोभिड अस्पतालमा रुपान्तरण गर्नुपर्छ’, लोकान्तरसँग उनले भने, ‘यसमा निजी अस्पतालले पनि सहजीकरण गर्नुपर्छ, सरकारले छलफल चलाउनुपर्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रमुख सचेतक भट्टराईले सरकारी अस्पतालहरुमा पनि आईसीयू र भेन्टिलेटरहरु बढाउनुपर्नेमा जोड दिँदै यस्तो अवस्थामा सरकारले सम्पूर्ण ध्यान नागरिकलाई बचाउनेतर्फ सोच्नुपर्ने बताए ।
आफ्नो सरकारका जिम्मेवार अधिकारीसँग कोरोना नियन्त्रणमा खेल्नुपर्ने भूमिका सन्दर्भमा निरन्तर छलफल भइरहेको भन्दै उनले सरकारले केही कमजोरीका बीच पनि काम भने राम्रो गरेको दावी गरे ।


Advertisment
Nabil box
Kumari

‘सरकारका पदाधिकारीसँग मेरो कोरोना नियन्त्रणका सन्दर्भमा निरन्तर कुरा भइरहेको छ । सामाजिक रुपमा पनि लागिपरेकै छु’, उनले भने, ‘अहिले जति काम भइरहेको छ। यो गतिलाई थप बढाउनु जरुरी छ ।’
उनले कोरोना संक्रमण समूदायसम्मै फैलिसकेको देखिएको भन्दै यस्तो बेला सरकारले विकास निर्माणका काम भन्दा पनि स्वास्थ्य पूर्वाधार खडा गर्नतर्फ लाग्नुपर्नेमा जोड दिए ।

Vianet communication
Laxmi Bank

पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमितको अस्पतालको बेड समेत नपाएको गुनासो आएको छ भने आईसीयू र भेन्टिलेटरको त थप अभाव हुँदा संक्रमितले अकालमै ज्यान गुमाउनु पर्ने अवस्थाको सृजना हुने खतरा बढेको छ ।

बुधबारसम्म देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ३८ हजार ७०० नाघिसकेको छ । काठमाडौंमा मात्रै २१ हजारको हाराहारीमा सक्रिय संक्रमित रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x