प्रदेश १ मा कोरोनाबाट थप ५ को मृत्यु, रुपन्देहीमा पनि एक जनाले ज्यान गुमाए

प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा कोरोना सङ्क्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा झापामा तीन तथा मोरङ र सुनसरीमा एकएक छन् ।
 सामाजिक विकास मन्त्रालयले  हालसम्म कोरोनाबाट मृत्यु हुनेको सख्या १२९ पुगेको जनाएको छ ।  

 प्रदेशमा सोही अवधिमा ४८१  कोरोना सङ्क्रमणका बिरामी थप भएका छन् । उक्त अवधिमा गरिएको एक हजार ४५० जनाको पिसिआर परीक्षणमा १९९ महिला र २८२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
यसरी थप हुने सङ्क्रमितमा विराटनगरमा १२४ सहित मोरङमा १९५, सुनसरीमा १७०, झापामा ७२, सङ्खुवासभामा १५, इलाममा नौ, खोटाङमा चार, भोजपुरमा एक र प्रदेश बाहिरका १५ जना रहेको मन्त्रालयले जनाएको छ । प्रदेशमा सङ्क्रमितको सङ्ख्या १३ हजार १८३ पुगेको छ ।  हालसम्म एक लाख ४५ हजार ३८३ जनाको पिसिआर परीक्षण सम्पन्न गरिएको मन्त्रालयले जनाएको छ ।


Advertisement

यसैबीच रुपन्देहीमा पनि थप एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–८ का ४९ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको हो ।
अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार गत असोज २७ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि चार दिनसम्म होम आइसोलेशनमा बसेका उनी सास फेर्न समस्या भएपछि अस्पताल भर्ना भएका थिए । उनमा कुनै दीर्घ समस्या थिएन । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा कोरोेना संक्रमितबाट मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ ।

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्