रहेनन् नेपाली चलचित्रका पहिलो छायांकार बैकुण्ठमान

नेपाली चलचित्रका पहिलो छायांकार बैकुण्ठमान मास्केको निधन भएको छ ।

कोभिड १९ अर्थात कोरोना भाइरसको संक्रमणका कारण ८३ बर्षको उमेरका उनको निधन भएको प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले लोकान्तरलाई जानकारी दिए ।


Advertisement

मास्के लामो समयदेखि कलेजोको बिरामी थिए । उनलाई केहि दिन अघि मात्रै कोरोना पोजिटिभ देखिएको थियो । मास्केले पुर्ण नेपाली छायांकारको रुपमा चलचित्र ‘मनको बाँध’मा काम गरेका थिए ।

त्यसपछि उनले दर्जनभन्दा धेरै चलचित्रमा काम गरिकेका छन् । चलचित्र निर्माता संघले गतबर्ष विरगञ्जमा आयोजना गरेको स्वर्णिम चलचित्र महोत्सवमा पहिलो छायांकारको रुपमा समेत सम्मान गरेको थियो ।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्