श्रमप्रतिको सम्मान - मन्त्रीले खेतमा गएर यसरी काटे धान...

लुम्बिनी प्रदेश सरकारका सामाजिक विकासमन्त्री एवं सांसद सुदर्शन बरालले सार्वजनिक विदाको दिन धान काटेर श्रम गरेका छन् । कृषिप्रतिको समर्पण र श्रमप्रतिको सम्मानका कारण मन्त्रीले विदाको दिन आफै खेतमा गएर धान काटेका हुन् ।

‘मन्त्रालयको काम, राजनीतिक भेटघाट र भाषणमा मात्र सिमित हुनुहुन्न भन्ने कुरा उहाँको श्रमप्रतिको लगाव र श्रमको सम्मानले देखाउँछ । शनिवार उहाँ मन्त्रीनिवास परिसर खेतमा लगाइएको धान खेती स्याहार्न व्यस्त हुनु भयो,’ बरालका एक सहयोगीले फेसबुकमा लेखेका छन् ।


Advertisement

जमिन बाँझो राख्नुहुन्न भन्ने मान्यताका साथ बरालपत्नी लीला थापाले मन्त्री क्वाटर परिसरमा रहेको खेतमा धान रोपेकी थिइन् । पहिलो संविधानसभामा गुल्मी क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद बराल अहिले लुम्बिनी प्रदेशको मन्त्री छन् ।

 


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्