अमेरिकीहरूलाई बन्दी बनाउने चीनको चेतावनी

अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिसले चीनका अनुसन्धान वैज्ञानिकहरूलाई थुनामुक्त नगरेमा अमेरिकीहरूलाई बन्दी बनाउने चीनले चेतावनी दिएको छ । ती चिनियाँ वैज्ञानिकहरूले चिनियाँ जनमुक्ति सेनाका लागि काम गरेको भन्ने कुरा लुकाएको आरोप छ । 

यस विषयका जानकार मानिसहरूले द वाल स्ट्रीट जर्नलसँग कुरा गर्र्दै चीनका सरकारी अधिकारीहरूले अमेरिकी समकक्षीहरूलाई आफ्नो माग पूरा नगरिएमा कठोर कारवाही चलाउने भनी लगातार चेतावनी दिइरहेको जानकारी दिए । उनीहरूले अमेरिकामा रहेको चिनियाँ दूतावासमार्फत पनि यस्तो चेतावनी दिइरहेका छन् । 


Advertisement

चारजना वैज्ञानिकहरूलाई अमेरिकाका प्रसिद्ध मेडिकल अनुसन्धान विश्वविद्यालयमा पहुँच पाउनका लागि अमेरिकी अध्यागमन अधिकारीहरूसँग झूटो बोलेको आरोपमा पक्राउ गरेर अभियोजन गरिएको छ । 
 

उनीहरूविरुद्धको अभियोग फिर्ता लिन चीनले माग गरिरहेको छ । 


Advertisement

चीनले अमेरिकीलाई बन्दी बनाउने चेतावनी सहितको होस्टेज डिप्लोमेसी केही महिनाअघि नै थालेको बताइएको छ । 

अनुसन्धान वैज्ञानिक जुआन ताङलाई चीन फिर्ता जान अमेरिकाले नदिएमा एक अमेरिकीलाई हिरासतमा लिने चेतावनी चीनले गत जुन महिनामा दिएको थियो । 
 

ताङलाई चिनियाँ जनमुक्ति सेनाको पोशाकमा देखिएको तस्वीर अन्लाइनमा देखिएपछि एफबीआईले प्रश्न गरेको थियो । 
 

प्रवेशाज्ञाको निवेदनमा उनले आफू चिनियाँ सेनाको अंग कहिले पनि नरहेको पनि दाबी गरेकी थिइन् । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्