दाङमा चितुवाको छाला सहित १ जना पक्राउ

चितुवाको छाला सहित १ जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ । 

दाङको घोराही उपमहानगरपालका–१५ तारापुञ्जबाट चितुवाको छालासहित सोहि ठाउँका ५० बर्षीय इन्द्रबहादुर घर्तीलाई जिल्ला प्रहरी कार्यलय दाङले असोज ३० गते पक्राउ गरेको छ ।
७ फिट ८ इन्चको पुच्छर सहित पुरै भाग र प्लाष्टिकको बोरामा लुकाइ राखेको बंगारासहित पक्राउ गरको हो ।


Advertisement

घर्तीलाई प्रारम्भिक अनुसन्धान गरी राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐन–२०२९ अन्तरगत थाप कानूनी कारवाहीको लागि जिल्ला वन कार्यलय दाङ पठाएको प्रहरीले जनाएको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्