कैलाली असई हत्या प्रकरणः हत्याको शंकामा ११ जना प्रहरी नियन्त्रणमा

तस्वीर : क्यापिटल न्यूज

कैलालीमा प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्यामा संलग्नको आशंकामा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गएराति मोटरसाइकल गस्तीमा गएका असई विकको आज विहान कैलालीको मानेहना नदीमा शव भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो र अनुसन्धानका क्रममा शंका लागेपछि ११ जनालाई नियन्त्रणमा लिएको सुदुरपश्चिम प्रदेश प्रहरीका प्रमुख डीआईजी उत्तमराज सुवेदीले बताए ।


Advertisement

‘हामीले घटनामा संलग्न भएको आशंकामा ११ जनालाई पक्राउ गरेका हौं । अहिले अनुसन्धान भइरहेको छ,’ डीआईजी सुवेदीले लोकान्तरसँग भने ।
 

डीआईजी सुवेदीका अनुसार गएराति तस्कर समूहसँग मुठभेड भएको र उनीहरुले नै हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । 


Advertisement

उनीसँगै गएका अर्का प्रहरी जवान रामबहादुर साउद अहिलेसम्म सम्पर्क विहिन छन् ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्