गगन थापाले नगदमै फिर्ता गरे दशैं भत्ता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभामा काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद गगन थापाले दशैं भत्ता फिर्ता गरेका छन् ।

थापाले संसदको लेखा शाखामा नगर रकम नै फिर्ता गरेका उनका सहयोगी सबिनबावु मुडभरीले जानकारी दिए ।


Advertisement

सांसद थापाले दशैं भत्ता वापतको ६४ हजार ७० रुपैया नगद नै संसदको खातामा जम्मा गरिदिएका हुन् ।

सांसदहरुले दशैं भत्ता बुझेको बारे लोकान्तर डटकममा समाचार प्रकाशित भएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, नेकपा सांसद भीम रावल र सूर्यप्रसाद पाठकले पनि दशैं भत्ता फिर्ता गरिसकेका छन् । 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्