ग्राहकको स्वास्थ्यलाई हानी हुने कुनै काम गरेका छैनौं : गोर्खा ब्रुअरी

गोर्खा ब्रुअरीले ग्राहकको स्वास्थ्यमा हानी हुने कुनै पनि काम नगरेको दावी गरेको छ ।

गुणस्तरको विषयमा केही सञ्चारमाध्यमले भ्रम फैलाउन खोजेको भन्दै कम्पनीले यस्तो दावी गरेको हो । 


Advertisement

पत्रकारहरूसँगको कुराकानीमा कम्पनीका डेपुटी म्यानेजिङ डिरेक्टर सुरेन्द्र सिलवालले गुणस्तरको विषयमा गलत भ्रम फैलाएर आफूलाई बदनाम बनाउन खोजेको दावी गर्दै कुनै पनि उत्पादन गुणस्तरहीन नभएको बताए । 

उनले कुनै पनि उत्पादनको गुणस्तरमा आफ्नो कम्पनीले सम्झौता नगर्ने दावी गरे । उनले भने, ‘काल्सबर्ग कम्पनीले पठाएको विशेषज्ञले जे रेसेपी दिन्छन्, हामीले त्यहीअनुसार बियर बनाउने हो । हामीले चाहेर पनि गुणस्तर घटाउन सक्दैनौं ।’


Advertisement

बियरलाई दैनिक रूपमा ल्यावमा परीक्षण गरिने र ग्राहकको स्वास्थ्यलाई मध्यनजर गर्दै बजारमा पठाइसकेको बियरको पनि नमूना उठाएर नियमित परीक्षण हुने गरेको उनको भनाइ छ ।

उनले थपे,‘ ‘काल्र्सबर्ग कम्पनीले आफ्नो झन्डै २ सय वर्षको गुणस्तरको विश्वास जोगाउन पनि कडा प्रोटोकल पालना गर्छ, त्यसकारण उनीहरूले हाम्रो कम्पनीमा प्रतिनिधि नै खटाएको छ । त्यस्तै हामी आफैं पनि ग्राहकप्रति जिम्मेवार छौं । ग्राहकको भरोसा माथि ठेस लाग्ने काम हामीबाट कदापी हुँदैन ।’
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्