×

NMB BANK
NIC ASIA

ओली-प्रचण्ड छलफल - कर्णाली विवाद समाधानका निम्ति निस्किएन कुनै निष्कर्ष

कात्तिक २, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

कर्णालीमा देखिएको विवाद समाधानका निम्ति भन्दै छलफलमा जुटेका सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले कुनै निष्कर्ष दिन सकेका छैनन् ।

Muktinath Bank

आइतवार दुवै अध्यक्षको प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटघाट भएको थियो । ओलीसँग कुरा गर्न प्रचण्ड सवा ४ बजे बालुवाटार पुगेका थिए । आइतवारको भेटघाटले छलफललाई निरन्तरता दिने निष्कर्ष मात्र निकालेको स्रोतहरूले दाबी गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रिमण्डल पुनर्गठनमा ओलीसँग असन्तुष्ट देखिएका अध्यक्ष प्रचण्ड र ओलीबीच केहीदिन यता संवादहीनताको स्थिति पैदा भएको थियो । त्यो संवादहीनता आज तोडिएको हो ।


Advertisment
Nabil box
Kumari

एक साता अघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध 'छापामार' शैलीमा अविश्वास प्रस्ताव दर्ता गरिएपछि उत्पन्न राजनीतिक हलचल अझै साम्य भएको छैन ।

Vianet communication
Laxmi Bank

नेकपा कर्णाली प्रदेशका सहइन्चार्जसमेत रहेका प्रदेश सांसद यामलाल कँडेलको नेतृत्वमा १८ सांसदहरूले मुख्यमन्त्री शाहीविरुद्ध हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

त्यसपछि उत्पन्न परिस्थितिका बारेमा जानकारी लिन भनेर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले मुख्यमन्त्री शाही, कँडेल, सचेतकबाट हटाइएका गुलाबजंग शाह, चन्द्रबहादुर शाही लगायतका नेताहरूलाई काठमाडौँ बोलाए । उनीहरू काठमाडौँ आएको पनि ४/५ दिन भइसक्यो ।

यसबीचमा उनीहरूलाई अध्यक्ष प्रचण्डले दुई समूहमा बिहीवार र शुक्रवार भेट दिएका थिए भने शनिवार प्रधानमन्त्रीनिवास बालुवाटारमा संयुक्त रूपमा ओलीसँग बैठक बस्यो ।

कर्णालीबाट आएका नेताहरूलाई दुवै अध्यक्षले छुट्टाछुट्टै भेट गरेर परिस्थितिको जायजा लिए । तर विवाद समाधानको ठोस विषयवस्तुबारे कुनै सहमति भएको छैन ।

शनिवार बालुवाटारमा अध्यक्ष प्रचण्डलाई पनि बोलाइएको तर उनले बालुवाटार जान अनिच्छा देखाएका थिए । ओलीले दुई अध्यक्षबीच छलफल र कुराकानी गरेपछि विवाद समाधान हुने भन्दै नेताहरूलाई आश्वस्त पारे ।

'अध्यक्ष ओलीले तपाईंहरू अहिले नजानुस, विवाद समाधान भएपछि जानुहोला भनेर भन्नुभयो,' चन्द्रबहादुर शाहीले लोकान्तरसँग भने, 'अहिले हामी काठमाडौँ नै छौं । केही न केही लिएर जान्छौं ।'

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x