×

NMB BANK
NIC ASIA

लकडाउनमा दलित समुदायका १३ जनाको हत्या, ४ बलात्कारका घटना

कात्तिक ३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 कोरोना भाइरसको महामारीपछि भएको लकडाउनको अवधिमा दलित समुदायमाथि विभिन्न समयमा हिंसात्मक घटना भएको पाइएको छ । राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको दलित समुदायको मानवअधिकारको अवस्था प्रतिवेदनमा हिंसात्मक घटना भएको उल्लेख छ ।

Sagarmatha Cement
Muktinath Bank

प्रतिवेदनअनुसार बन्दाबन्दी ९लकडाउन०को समयमा १३ वटा हत्याको घटना भएको उल्लेख छ । त्यस्तै, दलित युवतीमाथि चारवटा बलात्कारका घटना भएका छन् । आयोगको प्रतिवेदनअनुसार रुकुम ९पश्चिम० चौरजहारी नगरपालिका–८ सोती निवासी सुष्मा मल्ल र जाजरकोट भेरी नगरपालिका–४, रानागाउँका नवराज विश्वकर्माबीचको अन्तरजातीय प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने सन्दर्भलाई लिएर १० जेठ २०७७ मा स्थानीय गाउँलेको सामूहिक कुटपिटमा परेर नवराज विक, टीकाराम विक, लोकेन्द्र सुनार, गणेश बुढा मगर, सञ्जु विक र गोविन्द शाहीको सामूहिक हत्या भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै, ११ जेठ २०७७ मा रूपन्देही देवदह नगरपालिका–११ गुम्बीकी अंगिरा पासीको स्थानीय रोहिणी खोलाको किनारा नजिकको रुखमा झुन्डिएको अवस्थामा लास भेटिएको थियो । स्थानीय युवा वीरेन्द्र भरसँग प्रेम सम्बन्ध रहेकाले वडा अध्यक्षको उपस्थितिमा केटीको जिम्मा लगाइएको उल्लेख छ । अंगिराका बुबाले आफ्नी छोरीको हत्या भएको भन्दै उजुरी दिए पनि दर्ता नभएको प्रतिवेदनमा लेखिएको छ ।


Advertisment
Nabil box
Kumari

अछामको पञ्चदेवल विनायक नगरपालिका–९ कालेडाँडा भानाकोटकी १८ वर्षीया उर्मिला टमटालाई सोही गाउँका तिलक बटालाले विवाह गर्ने प्रलोभनमा यौन शोषण गरेर हत्या गरे । तर, सो घटनामा बटालालाई कारबाही भएको छैन । प्रदेश २ धनुषाको सबैला नगरपालिका–१२ बस्ने २२ वर्षीय शम्भु सदाको इलाका प्रहरी कार्यालयमा झुन्ड्याएर निर्ममतापूर्वक हत्या भएको आयोगको प्रतिवेदनमा जनाइएको छ । ्

Vianet communication
Laxmi Bank

२६ जेठमा रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० का माधव मसुहर, जानकी मुसहर, पोषराज मुसहरलगायतको सामूहिक हत्या भयो । त्यस्तै, १४ जेठमा भारतको चेन्नईबाट फर्केका १६ वर्षीय राजु सदा क्वारेन्टिनमा झाडापखालाबाट ग्रस्त भएसँगै जनकपुर प्रादेशिक अस्पतालमा मृत्यु भयो ।

३१ असारमा सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा आफूले मोहीस्वरूप पाएको जग्गा जोत्दा हत्या गरेर लास फालिएको अवस्थामा भेटियो । २७ असारमा सिरहाको लहान नगरपालिका–१ का १८ वर्षीय रोशन रामको अपहरणपछि हत्या भएको आयोगको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, २९ असारमा सप्तरीको शम्भुनाथ नगरपालिका–३ का ४२ वर्षीय त्रिभुवन रामको हत्या भएको छ ।

बन्दाबन्दीमा चार दलित युवतीमाथि बलात्कार
मोरङको मिक्लाजुङ नगरपालिका–९ मा आफ्नै टहरमा सुतिरहेको अवस्थामा १४ वर्षीया बालिका बलात्कृत भइन् । बलात्कारको आरोपमा धीरेन मगरलाई गाउँलेहरूले पक्राउ गरेर प्रहरीमा बुझाउन खोज्दा धीरेनका आफन्तले आफंैले बुझाउने भन्दै भगाएका थिए ।

त्यस्तै, धनकुटा नगरपालिका–६ आत्मारामाकी १३ वर्षीया दलित बालिका बलात्कारको सिकार भएकी थिइन् । बालिकाको गर्भमा ५ महिनाको गर्भ रहेको थाहा भएपछि स्थानीय जनामदन अधिकारी, गौरी अत्री, देवेन्द्र श्रेष्ठ र भक्तबहादुर मगरले पटक पटक जबर्जस्ती बलात्कार गरेको खुलेको थियो । उनीहरूले कसैलाई भने मार्ने धम्की दिएको र बालिकाका बुबालाई ३/३ लाख रुपैयाँका दरले पैसा दिएर घटना लुकाउन खोजेको खुलेको थियो ।

२ वैशाखमा कास्कीमा छिमेकी खुसबहादुर गुरुङले १० वर्षीया बालिकालाई मुख थुनेर बलात्कार गर्न खोजेको घटना सार्वजनिक भएको थियो । खुमबहादुरविरुद्ध २६ वैशाखमा बालिकाका बुबाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । त्यस्तै, मोरङको बूढीगंगा गाउँपालिका–७ बडहराकी १५ वर्षीया किशोरी स्थानीय लक्ष्मण राई, रोशन राई, इन्द्र राई र अन्य दुई जनाको समूहले सामूहिक बलात्कारको आरोपमा पीडितले प्रहरीमा उजुरी दिएकी थिइन् । तर, बलात्कारमा संलग्न इन्द्र राई र लक्ष्मण राईलाई प्रहरीले छाडेको छ । राजधानी दैनिकमा निराजन पौडेलले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x