×

NMB BANK
NIC ASIA

गाउँ फर्कनेबाट कोरोना बढ्ने खतरा

कात्तिक ३, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels
Marvel

दशैँ मनाउन काठमाडौँ उपत्यका छोडेर आफ्नो घर फर्कनेहरूले उपत्यकामा फैलिएको कोरोना गाउँसम्म पु¥याउने सम्भावना बढेको छ ।

Muktinath Bank

सरकारले जो व्यक्ति जुन ठाउँमा बसेको छ सोही स्थानमै बसेर दशैँ मनाउन आग्रह गरे पनि मानिसहरू दशैंमा आफ्नो थातथलो जान थालेपछि कोरोना सङ्क्रमण गाउँसम्म पुग्ने खतरा बढेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नुवाकोटको शिवपुरी गाउँपालिका प्रमुख रामकृष्ण थापाले पहिलाको तुलनामा यस वर्ष उपत्यकाबाट गाउँ फर्कने सङ्ख्या केही कम भए ठप्प भने नभएकाले उपत्यकाबाट गाउँ फर्कनेलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको बताए । “दशैं मनाउन गाउँ फर्कनेलाई नाकामै बसेर रोक्ने अवस्था छैन,” उनले भने, “आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न लगाउनुको विकल्प छैन ।”


Advertisment
Nabil box
Kumari

उनकाअनुसार गाउँपालिकाले कोरोनाको सामना गर्न आठ शैयाको आइसोलेसन कक्ष निर्माण गरेको छ । अप्ठ्यारो परेकालाई उक्त आइसोलेसन कक्षमा राख्न सकिए पनि सबैलाई त्यो सम्भव नभएको बताए । दशैँ मनाउनका लागि उपत्यकाबाट आ–आफ्ना घर पुगेका स्थानीयलाई आइसोलेसनमा राखी व्यवस्थापन गर्ने कुरा स्थानीय सरकारका लागि चुनौतीपूर्ण बनेको छ ।

Vianet communication
Laxmi Bank

कतिपय स्थानीय तहले उपत्यकाबाट दशैं मनाउन गाउँघर जाने व्यक्तिले अनिवार्य दुई हप्ता घरमै एकान्तबासमा बस्नुपर्ने भनिए पनि दशैँको समयमा त्यो पूर्ण रूपमा सम्भव देखिएको छैन । त्यसो त स्थानीय तहले पर्याप्त मात्रामा संस्थागत आइसोलेसन बनाएका छैनन् । कतिपय स्थानीय तहले जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी)सँग मिलेर केही शैया संस्थागत आइसोलेसन बनाए पनि दशैँको समयमा उपत्यका छोडी घर फर्कने सबैलाई सो पर्याप्त हुँदैन ।

नेपाल नगरपालिका सङ्घ गण्डकी प्रदेश संयोजक एवं गोरखाको पालुङटार नगरपालिका प्रमुख दीपकबाबु कँडेलले आफू बसेकै ठाउँमा दशैँ मान्न गरिएको सरकारका आग्रह सबैले मान्नुपर्ने बताए ।

उनकाअनुसार उपत्यकाबाट गाउँ फर्कने स्थानीयले होम आइसोलेसनमा नै बसेर दशैं मान्नुपर्ने र घरबाट बाहिर ननिस्कनका लागि सबै वडा कार्यालयमार्फत स्थानीयलाई आग्रह गरिएको छ । लक्षणबिना पनि कोरोना सङ्क्रमित हुनसक्ने भएकाले यस वर्षको दशैं मान्ने क्रममा रमाइलोभन्दा स्वास्थ्य सचेतना अपनाएर मान्नुपर्ने उनको भनाइ छ ।

महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानबहादुर ओलीले काठमाडौँ महानगरपालिकाको तथ्याङ्कमा आउने अधिकांश कोरोना सङ्क्रमित काठमाडौंँभन्दा बाहिरको भएको बताए । गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x