यस्तो छ ‘एउटा यस्तो प्रेम कहानी’को टिजर

एकाएक छायांकन रोकिएको चलचित्र एउटा यस्तो प्रेम कहानी निर्माण पक्षले चलचित्रको दोस्रो टिजर सार्वजनिक गरेको छ ।

यसअघि सार्वजनिक पोस्टर र पहिलो टिजरले ठिकठाकै प्रतिक्रिया मिलेको थियो ।


Advertisement

सरकारले चलचित्र हल खुलाउने अनुमती दिएसँगै यो चलचित्र प्रदर्शन गर्ने तयारी छ । तर, यो चलचित्रको धेरै भागको छायांकन अझै बाँकीनै रहेको श्रोतको दाबि छ ।

चलचित्रका निर्देशक दिपेश सापकोटाले कोरोना अर्थात कोभिड १९ का कारण चलचित्र प्रदर्शन गर्ने मनसायबाट ब्याक भएको र अब छिट्टै यो चलचित्र हलमा प्रदर्शन गर्ने बताए । तर, उनले यो चलचित्रको छायांकन के कति सम्पन्न भयो भन्ने विषयमा खासै केहि खुलाएनन् ।


Advertisement

यो चलचित्रमा अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र सदावहार अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धरको मुख्य भूमिका देख्न सकिनेछ । साथै, चलचित्रमा दर्शकले शिव श्रेष्ठ, आयुष्मान देशराज जोशी, प्रियंका कार्की, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा लगायतका कलाकारको अभिनय पनि देख्न सक्नेछन् ।

फिस्टेल मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रलाई यशोधा राई र दिनेश दर्शनाधारीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

यस्तो छ दोश्रो टिजर

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्