सस्तोमा खसी बेच्ने सरकारको निर्णय

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सोमबारदेखि खसीबोका बिक्री गर्ने भएको छ ।

बजारमूल्यको तुलनामा संस्थानले प्रतिकिलो करिब १०० रुपैयाँ सस्तोमा खसी बेच्ने निर्णयसमेत गरेको छ । ‘मूल्य निर्धारण गर्नुअघि सबै बजार विश्लेषण गर्‍यौं, बजारमा प्रतिकिलो साढे ६ सय रुपैयाँसम्ममा बिक्री गरेको देखियो,’ कम्पनीका बिक्रीवितरण विभाग प्रमुख भीम थापाले भने, ‘खाद्य कम्पनीले भने उपभोक्तालाई प्रतिकिलो ५ सय ५० रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको छ ।’ दसैंलाई लक्ष्य गरी खाद्यले हरेक वर्ष खसीबोका तथा च्यांग्रा बिक्री गर्दै आएको छ । खाद्यले बिक्री गर्ने खसीबोकाको संख्या न्यून रहे पनि मुख्य उद्देश्य बजार हस्तक्षेप अर्थात् मूल्य नियन्त्रण गर्न रहेको उनले थापाले बताए । कान्तिपुरले खबर छापेको छ ।


Advertisement

 


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्