×

NMB BANK
NIC ASIA

बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला

कात्तिक ३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 कोरोना महामारीका कारण ६ महिनादेखि बन्द बर्दिया राष्ट्रिय निकुञ्ज घटस्थापनाका दिनबाट पर्यटकका लागि खुला गरिएको छ ।

Muktinath Bank

दसैं र तिहारको समयमा बढी पर्यर्टक भित्रिने भएकाले व्यवसायीले निकुञ्ज खोल्न माग गरेका थिए । स्वास्थ्य मापदण्ड अपनाएर पर्यटकलाई निकुञ्ज अवलोकनका लागि प्रवेशको व्यवस्था मिलाइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हाललाई जंगल ड्राइभ (सफारी) र जंगल वाक गर्न मात्रै अनुमति दिइएको छ,’ उनले भने । निकुञ्जभित्र हुने र्‍याफ्टिङ, हात्ती सफारी, फिसिङ भने खुला नगरिएको उनले बताए । पर्यटकले निकुञ्ज प्रवेश गर्दा अनिवार्य मास्क लगाउनुपर्ने, सफारी गर्दा जिपमा ६० प्रतिशत पर्यटक बस्नुपर्ने, पैदल अवलोकन गर्दा एक जना गाइड र तीन जना मात्र जानुपर्ने व्यवस्था गरिएको छ ।


Advertisment
Nabil box
Kumari

निकुञ्जको टिकट काउन्टरमा कर्मचारीले अवलोकन गर्न आउनेलाई स्वास्थ्य मापदण्ड अपनाएर पठाउने भएका छन् । यसैबीच पर्यटन व्यवसायीले निकुञ्ज खुला भएकामा खुसी व्यक्त गरेका छन् । अब विस्तारै पर्यटक भित्रिने आशा पलाएको पर्यटन व्यवसायी एवं गैंडा क्याम्पका सञ्चालक रामजी थापाले बताए ।

Vianet communication
Laxmi Bank

निकुञ्ज मुख्यालय आसपास पर्यटकका लागि सानाठूला २४ होटल सञ्चालनमा छन् । यहाँका प्रायः होटल व्यवसायीले पर्यटकका लागि विशेष छुटको व्यवस्था गरेका छन् । निकुञ्जमा सहजै बाघ हेर्न पाइन्छ भन्दै पर्यटक भित्रिने गर्छन् । विश्वव्यापी कोरोना महामारीले थला परेको पर्यटन उद्योगमा यसको ठूलो असर परेको छ ।

विदेशी पर्यटकको तुलनामा यहाँ आन्तरिक पर्यटकले भरिभराउ हुने गर्छ । बर्दिया राष्ट्रिय निकुञ्जले सर्वसाधारणका लागि निकुञ्ज प्रवेश नखोल्दा व्यवसायी आर्थिक संकटमा परेको थापाको भनाइ छ । पर्यटकका लागि यहाँका होटलले १५ देखि २५ प्रतिशतसम्म विशेष प्याकेजसहित छुटको व्यवस्था गरेका छन् ।

दसैंको आवागमनसँगै यहाँ आन्तरिक पर्यटक आउने वातावरण बन्ने बबई रिसोर्टका सञ्चालक धर्मराज घिमिरेले बताए । कोभिडका कारण यस वर्ष विदेशी पर्यटक आउने सम्भावना छैन । यहाँका पर्यटन व्यवसायी भने आन्तरिक पर्यटककै भरमा छन् । निकुञ्ज प्रवेशका लागि खुला नहुँदा यहाँ आउने पर्यटक निराश भएको पर्यापर्यटन मञ्चका अध्यक्ष कृष्णप्रसाद भट्टराईको भनाइ छ ।

लामो समयदेखि बन्द रहेको निकुञ्ज खुलेपछि केही राहत महसुस भएको उनले सुनाए । हरेक वर्ष दसैंअघि बर्दिया राष्ट्रिय निकुञ्ज स्वदेशी र विदेशी पर्यटकको आवागमनले यहाँका पर्यटन व्यवसायीलाई भ्याइनभ्याइ हुने गर्थ्यो । दसैं आउनु एक महिनाअघिदेखि नै चहलपहल बढ्ने गरेकामा यस वर्ष भने सुनसान छ । कान्तिपुर दैनिकमा कमल पन्थीले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x