×

NMB BANK
NIC ASIA

ट्राफिक प्रहरीका दुःख : एक जनाको भागमा २४ किमी सडक, जनशक्ति अभावले ‘डमी’ को सहारा !

कात्तिक ३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

तीव्र शहरीकरणले लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवल, तिलोत्तमा र भैरहवा क्षेत्र एउटै शहरमा परिणत भइसकेको छ । 

Sagarmatha Cement
Muktinath Bank

शहरीकरणसँगै बनेका फराकिला सडकमा बढ्दो सवारी चापले दैनिक रूपमा सडक दुर्घटना बढ्दै गएको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, दुर्घटना न्यूनीकरणका लागि थप गर्नुपर्ने ट्राफिक प्रहरीको जनशक्तिप्रति राज्यको ध्यान जान सकेको छैन ।


Advertisment
Nabil box
Kumari

जसको विकल्पमा ट्राफिक प्रहरीले आफ्नो काम गरेको झल्को दिने काल्पनिक ट्राफिक प्रहरी (डमी) राखेर सचेतना र दुर्घटना न्यूनीकरणमा जुटेको छ ।

Vianet communication
Laxmi Bank

सडक शिक्षालाई प्रभावकारी बनाउँदै दुर्घटना न्यूनीकरण गर्नका लागि रूपन्देहीको सिद्धार्थनगर (भैरहवा) का विभिन्न ठाउँमा ‘डमी’ प्रहरी राखेर सचेतना अभियान थालिएको हो । 

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनाराण पाण्डेले जनशक्ति अभावले दुर्घटना न्यूनीकरणका लागि ‘डमी’ प्रहरीको अवधारणा ल्याइएको बताए ।

‘प्रदेश सरकारले बुटवलमा काम शुरू गरेसँगै यहाँ सवारी चाप थेगिनसक्नु रूपमा बढ्यो । त्यसमा पनि साना सवारी साधनको धेरै गुड्न थाले । ट्राफिक प्रहरीलाई काम बढ्यो तर, जनशक्ति बढेन । हामी अभावकाबीच काम गर्नुपर्ने अवस्थाले गर्दा शहरका ठाउँ–ठाउँमा काल्पनिक प्रहरी राखेर लापरवाही गरेर सवारी चलाउनेलाई खबरदारी गर्न थालेका हौं,’ डीएसपी पाण्डेले भने । 

‘डमी’ प्रहरीलाई ट्राफिक प्रहरीले लगाउने बर्दी, टोपी, र मुखमा मास्क लगाइको छ । ‘डमी’ प्रहरीको हातमा ट्राफिक नियमको प्लेकार्ड देख्न सकिन्छ ।

टाढाबाट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारी चालकले आफ्नो सवारी साधनको गति नियन्त्रण गर्ने, ट्राफिक नियमको पनि पालना गर्ने भएकाले दुर्घटना हुने सम्भावना कम हुने प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) डम्बरबहादुर विकले बताए । 

‘जनशक्ति अभाव हुँदा मुख्य चोक, बढी सवारी चल्ने सडकहरूमा ट्राफिक प्रहरीको उपस्थिति रहेको जनाउन ‘सिम्बोलिक’ रूपमा डमी प्रहरी राखेर सचेतना थालिएको हो,’ विकले थपे, ‘जनशक्ति अभावले हामीले पहिलो र नयाँ अभियान थालेका हौं । यसको ‘फिडब्याक’ कस्तो आउँछ, त्यहीअनुसार प्रदेशका अन्य प्रमुख शहरमा पनि यस्तो काल्पनिक प्रहरी राख्ने अभियान चलाउछौं ।’

लुम्बिनीका १२ जिल्लामध्ये रूपन्देहीको बुटवल–भैरहवा, दाङको घोराही लमही, बाँकेको नेपालगञ्ज बढी जनघनत्व र सवारी साधानका धेरै चाप भएका क्षेत्र हुन् । यी क्षेत्रमा प्रत्येक वर्ष १५ देखि २० प्रतिशतका दरले जनघनत्व बढ्दै गएको छ । 

बुटवल–भैरहवा ६ लेन सडक छ । त्यस्तै बुटवल नारायणगढ सडक पनि ६ लेनको बन्दैछ । फराकिलो सडकमा सवारी चालकले तीव्र गतिमा सवारी साधन चलाउने गरेका कारण धेरै दुर्घटना हुने र ठूलो धनजनको क्षति हुँदै आएको छ । 

१२ जिल्लालाई ४ सय ९० ट्राफिक प्रहरी

प्रदेश पाँचका १२ जिल्लामै सडक सञ्जालको पहुँच छ । विशेष गरी तराईका ६ जिल्लामा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी खटिनुपर्छ, तर जनशक्ति भने ४ वर्ष अगाडिदेखि थप गरिएको छैन । 

अहिले प्रदेशका १२ जिल्लामा ४९० जना ट्राफिक प्रहरी दुर्घटना न्यूनीकरण, पार्किङ व्यवस्थापन, सवारी चेकजाँचदेखि भीआईपीको आवतजावत निगरानीमा खटिनुपर्ने अवस्था छ । 

विक भन्छन्, ‘अहिले त कोभिडको कारण कम गाडी चलेका छन् । महामारी पछि सवारी साधन सामान्य अवस्थामा चल्दा अहिलेको जनशक्तिले काम गर्न सक्ने अवस्था नै छैन । हामीलाई कम्तिमा ७ सय जना जनशक्ति त नभई हुँदैन । जनशक्ति थप गर्न माग गरेका छौं ।’ 

एक जना ट्राफिकले २४ किमी र १०६ वटा सवारी हेर्नुपर्ने अवस्था 

प्रदेश पाँचमा ११ हजार ६०१ किलोमिटर सडक बनेको छ, त्यसमध्ये ७५७ मुख्य र ९६१ किमी सहायक सडक छ । मुख्य र सहायक सडकमा गाडीको चाप बढी हुन्छ ।

यस हिसाबले हेर्दा एक ट्राफिक प्रहरीलाई सरदर २४ किलोमिटर सडक र त्यसमा चल्ने सवारीसाधनको निगरानी गर्नुपर्ने अवस्था छ ।

लुम्बिनी प्रदेशमा सानाठूला गरी दैनिक सरदर ५१ हजार ७ सय सवारी साधन गुड्छन् । एक जना ट्राफिकले १ सय ६ वटा सवारी साधन मनिटरिङ गर्नुपर्ने अवस्था छ । 

एक वर्षमा १२ सय ५४ दुर्घटना, ५ सय ३ जनाको मृत्यु 

लुम्बिनी प्रदेशमा एक वर्षमा दुर्घटनामा परेर ५ सय ३ जनाले ज्यान गुमाएका छन् । 

गएको असोजदेखि अहिले असोज मसान्तसम्ममा १ हजार २५४ वटा सवारी दुर्घटनामा परेर ५ सय ३ जनाले ज्यान गुमाएका हुन् । 

दुर्घटनामा परेर सबैभन्दा धेरै रुपन्देहीमा ११३ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ ।

दुर्घटनामा १ हजार ८३७ जना घाइते भएका छन् । त्यस्तै दुर्घटनामा १ हजार ७०८ सवारी संलग्न भएको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ । 

बुटवलका विभिन्न ठाउँमा सीसीटीभी क्यामेरा जडान गरी दुर्घटना गरेर भाग्नेलाई तत्काल पक्राउ गर्न सक्ने योजना प्रहरीसँग छ । 

चाडपर्वलक्षित सुरक्षा कार्यक्रम 

ट्राफिक प्रहरीले चाडपर्व लक्षित सुरक्षाका कार्यक्रम ल्याएर दुर्घटना न्यूनीकरणको पहल थालेको छ । प्रदेश अन्तर्गत रहेको मौजुदा साधन स्रोत, ट्राफिक प्रहरी जनशक्तिलाई परिचालन गरी प्रभावकारी ट्राफिक व्यवस्थापन मिलाउने र स्थानीय प्रहरीसँग समन्वय गरी आवश्यकता अनुसार परिचालन गर्ने ट्राफिक प्रहरीको योजना छ ।

यातायात व्यवसायी संघ–सस्थांहरूसँग समन्वय गरी यात्रुहरूको चापअनुसार थप सवारी साधन सञ्चालन गर्ने, ओभरलोड राखी सवारी चलाउने कार्यलाई कडाई गर्ने, तोकिएको भन्दा बढी भाडा असुल गरी यात्रु ठगिन नदिने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउन नदिने योजना प्रहरीको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x