×

NMB BANK
NIC ASIA

कात्तिक ७ गतेदेखि क्लिनफिड लागू हुने, नियमन गर्न माग

कात्तिक ३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

यही कात्तिक ७ गतेदेखि देशभित्र पूर्ण रुपमा क्लिनफिड लागू हुने भएको छ । सोसँगै नेपालमा इन्टरनेटमा आधारित (ओटिटी–मोबाइल एपबाट हुने) टेलिभिजन प्रसारण नियमन गर्न व्यवसायीले सरकारसमक्ष माग गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई आज नेपाल केवल टेलिभिजन व्यवसायी महासङ्घका तर्फबाट एक ज्ञापनपत्र बुझाउँदै  क्लिन फिड लागू गर्न सरकारले गरेको प्रभावकारी पहललाई धन्यवाद दिई इन्टरनेटमा आधारित टेलिभिजन प्रसारणलाई समेत नियमन गर्न आग्रह गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महासङ्घका अध्यक्ष धुव्र शर्माका अनुसार आफूहरुको मागअनुसार नै मन्त्री गुरुङले क्लिनफिडसँगै अन्य प्रविधिमा आधारित प्रसारणका सन्दर्भमा आवश्यक प्रक्रिया मिलाउनका लागि मन्त्रालयका सचिव हरिप्रसाद बस्याललाई  निर्देशन दिए ।


Advertisment
Nabil box
Kumari

‘विज्ञापन  नियमन गर्ने ऐन, २०७६’ अनुसार यही कात्तिक ७ गतेदेखि नेपालभित्र प्रसारण हुने टेलिभिजनमा विदेशी विज्ञापनसमेत प्रसारण गर्न पाइने छैन । सोही ऐनअनुसार क्लिनफिड वा विज्ञानपनरहित प्रसारण गर्नुपर्नेछ ।
महासङ्घले आज मन्त्री गुरुङलाई ११ बुँदे ज्ञापनपत्र बुझाउँदै प्रसारण अनुमति नलिएका विदेशी च्यानल र भिडियो तथा सेन्सर नभएका वा भएका चलचित्र सहजै प्रसारण हुने र  प्रयोगकर्ताले हेर्न सक्ने भएकाले इन्टरनेटमा आधारित टेलिभिजन प्रसारणलाई नियमन गर्न माग गरेको हो ।

Vianet communication
Laxmi Bank

आइपी टिभीले हाल प्रयोग गरिरहेको एन्ड्रोइड आइपिटिभी बक्समा सहजै अनधिकृत टिभी तथा श्रव्य दृश्य सामग्रीसमेत उपलब्ध हुने जनाउँदै  महासङ्घले  डाउनलिंक अनुमति लिएका भन्दाबाहेकका अन्य सामग्रीको प्रसारण गर्न नपाउने व्यवस्था गर्न माग गरेको छ ।
महासङ्घको ज्ञापनपत्र बुझ्दै मन्त्री गुरुङले क्लिनफिडलगायत विषय  राष्ट्रिय कार्यसूची भएकाले यो सबैको साथ र सहयोगमा कार्यान्वयन हुने बताए ।
नेपालमा ओटिटी–मोबाइल एपमार्फत केही टेलिभिजन प्रसारण संस्थाले प्रसारण गर्दै आएका छन् । संसद्को विकास तथा प्रविधि समितिले यसअघि नै  कात्तिक ७ गते भित्र विज्ञापन बोर्ड गठन गरी विदेशी च्यानलमा विज्ञापनरहित नीति लागू गर्न सरकारलाई निर्देशन दिएको थियो । मन्त्रालयका प्रवक्ता गोकर्णमणि दुवाडीले यसअघि नै तोकिएको मितिमा क्लिनफिड लागू हुने स्पष्ट पारिसकेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x