क्या गज्जबको ’लुडो’को ट्रेलर [भिडियोसहित]

ओटिटि प्लेटफर्ममा रिलिजका लागि तयार भएको चलचित्र लुडोको ट्रेलर सार्वजनिक गरिएको छ ।

यो ट्रेलर सार्वजनिक पछि बलिउडबाट पाखा लाग्दै गरेका अभिषेक वच्चनको करिअरलाई केहि हदसम्म जोगाउन मद्धत पुगेको छ । किनभने, ट्रेलरलाई निकै राम्रो प्रतिक्रिया मिलेको छ । युट्युबमा आएका प्रतिक्रियाले अभिषेक मात्रै होइन चलचित्रप्रति दर्शकको प्रतिक्षा थप वढेको महशुस गर्न सकिन्छ ।


Advertisement

अभिषेक बच्चन, राजकुमार राव, सान्या मल्होत्रा, आदित्य रोय कपु, पंकज त्रिपाठी, फातिमा सना धेश, रोहित सर्राफ तथा आशा नेगी स्टारर यो चलचित्रको ट्रेलरबाट के महशुस गर्न सकिन्छ भने, यो चलचित्रले कमेडी र एक्सनबाट दर्शकलाई राम्रैसँग मनोरन्जन प्रदान गर्नेवाला छ ।

चलचित्र आगामी नोभेम्बर १२ मा नेटफ्लिक्सबाट वल्र्ड प्रिमियर हुनेछ ।


Advertisement

सिनेमालाई अनुराग बसुले निर्देशन गरेका हुन् ।


लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्