भारत र अमेरिकाबीच सैन्य सम्झौता हुने, चीनलाई सन्देश ?

क्वाडका सदस्य मुलुकहरू अमेरिका, जापान, भारत र अस्ट्रेलियाका जलसेनाले संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् ।  

तेह्र वर्षपछि यस्तो संयुक्त अभ्यासको स्थिति आएको हो । दुई चरणमा हुने मालाबार अभ्यासका लागि बंगालको खाडी र अरब सागरलाई छानिएको छ । 


Advertisement

यस अभ्यासलाई चीनले मन नपराउने पक्का छ । 

अझ भारत र अमेरिकाबीच मन्त्रीस्तरीय दुई जोड दुई बैठकमा विशेष सैन्य सम्झौता पनि गरिनेछ । दुई देशका रक्षा र परराष्ट्रमन्त्रीहरूबीचको यो बैठक अर्को साता बुधवार र बिहीवार बस्नेछ । 
 


Advertisement

मालाबार सैन्य अभ्यासमा अमेरिका, भारत र जापान संलग्न हुने गरेकोमा यस वर्ष अस्ट्रेलिया पनि जोडिने भएको छ । 

अनि भारत र अमेरिकाका परराष्ट्र तथा रक्षामन्त्रीहरूबीचको बैठकमा बेसिक एक्सचेन्ज यान्ड कोअपरेसन अग्रीमेन्ट सम्झौता हुन सक्छ । यो सम्झौता भएपछि अमेरिकाले लामो दूरीको नेभिगेसन र मिसाइल टार्गेटिङका लागि भारतलाई एड्भान्स्ड स्याटेलाइट र टोपोग्राफिकल डेटा उपलब्ध गराउनेछ । 

यसअघि भारत र अमेरिकाबीच जनरल सेक्युरिटी अफ मिलिटरी इन्फर्मेसन अग्रीमेन्ट तथा लजिस्टिक्स एक्सचेन्ज मेमोरेन्डम अफ अग्रीमेन्ट भइसकेको छ । 
 

बीईसीए सम्झौतामा देखाइएको हतारो र क्वाड मुलुकहरूको संयुक्त सैन्य अभ्यास चीनलाई सन्देश दिनलाई गरिएको हो । चीनबाट हुन सक्ने जोखिमका कारणले नै गर्दा क्वाड मुलुकहरूको सम्बन्ध थप निकट बनेको हो । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्