नविल बैंकको यो भिडियो, जसले बोल्छ परिवारको कथा...

'चिया लिनु है', सेल्फ आइसोलेसनमा बसिरहेका आफ्ना पतिलाई एक युवतीले बाहिरबाटै भन्छिन् । 
केही बेरमा युवकको मोबाइलमा म्यासेज आउँछ ।

युवक : सुधा...पोजिटिभ रैछ ।


Advertisement

त्यसपछि पति मौन रहन्छन्, सुधाको गहभरी आँशु छचल्किन्छ । 

केही बेरको मौनतालाई तोड्दै सुधा भन्छिन्, केही हुँदैन । ठीक भइहाल्छ नि । 
र रुँदै उनी अरु काममा लाग्छिन् । 
...
दशैंको माहोल शुरू भइसकेको छ । 


Advertisement

सुधाकी छोरीलाई उनकी साथीले फोन गर्छिन् । 

विवस्ना, हेर् त मेरो नयाँ लुगा । राम्रो छ है ? भिडियो कलमा साथीले विवस्नालाई भन्छिन् । र तत्कालै सोध्छिन्, तैंले नयाँ लुगा किनिस् ? 
त्यो भन्दै गर्दा विवस्नाको आखाबाट आँशु खस्न शुरू भइसक्छ । उनले निराश भावमा छैन भन्ने जवाफ दिन्छिन् । 

त्यसपछि साथी पनि निराश हुन्छिन् र सोध्छिन्, किन र, के भयो तलाई ? 

विवस्नाले रुदै भन्छिन्, बाबाको कोभिड टेस्ट पोजिटिभ आयो । 

साथीले सम्झाउँछिन्, नरोन, अंकललाई केही हुँदैन ।

अनि विवस्नाले भन्छिन्, यसपाली त दशैं आएको मन नै परेको छैन । 

३ मिनेट २५ सेकेन्डको यो भिडियो कुनै लामो चलचित्रभन्दा कम छैन । महान चाड दशैं, आफ्नो परिवारमा संक्रमण हुनु र त्यसपछिको खल्लोपना ।  

यस्तो विषम परिस्थितीलाई कलात्मक रूपमा देखाइएको यस भिडियो धेरैले रुचाएका छन् । नविल बैंकले महामारीका समयमा पनि ग्राहकसँगै रहेको जनाउँदै यस भिडियो बनाएको हो । 

शुरूमा कोरोना पोजिटिभ, त्यसपछिको पारिवारिक रहर, बालसुलभ जस्ता कुराहरू हुँदै भिडियोको अन्तिममा सकारात्मक सन्देश बैंकले दिएको छ । 

अन्तिममा युवकलाई कोरोना नेगेटिभ आएको र परिवारका सबै सदस्य सँगै भइै दशैंको टिका लगाएको देखाइएको छ । सँगसँगै यसै बीचमा कलात्मक शैलीमा बैंकले आफ्नो तर्फबाट पनि शुभकामना सन्देश प्रकट गरेको छ । 
भिडियोलाई अहिलेसम्म ४ सय ३८ लाइक तथा ६ डिसलाइक गरिएको छ भने ९ हजार ८ सय भन्दा बढीपटक भिडियो हेरिएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्