×

NMB BANK
NIC ASIA

के चीनले ताइवानमा आक्रमण गर्ला ?

कात्तिक ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चीनले ताइवान नजिक सैन्य गतिविधि तीव्र बनाएपछि केही निगरानीकर्ताहरूले ताइवानमाथि आक्रमण हुने आशंका व्यक्त गरेका छन् । तर अहिलेको तनावग्रस्त यथास्थितिलाई बिगार्दा फाइदा हुन्छ भनी बेइजिङ वा ताइवानका समर्थकहरूले सोचेका होलान् त ? 

Sagarmatha Cement
Muktinath Bank

अमेरिका र चीनबीचको तनाव हालैका महिनामा बढ्दै जाँदा गतिरोधको सबभन्दा ठूलो केन्द्र ताइवान जलसन्धि पनि बनेको छ । बेइजिङलाई घेर्नका लागि वाशिङटनले ताइवानलाई हातहतियारले सुुसज्जित बनाइरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमेरिकी युद्धपोतहरू जलसन्धिमा पुग्दै गर्दा बेइजिङले पनि त्यस क्षेत्रमा जलसेना र वायुसेनाको अभ्यास बढाएको छ । यसले गर्दा द्वन्द्व चर्किने हो कि भन्ने आशंका बढेको छ । 


Advertisment
Nabil box
Kumari

चीनले उक्त टापुमा आफ्नो सार्वभौमसत्ता दाबी गर्दै आएको छ । 

Vianet communication
Laxmi Bank

बेइजिङले एक चीन नीतिलाई संयुक्त राष्ट्रसंघले सन् १९७१ मा पहिचान दिएदेखि देशभरि एउटा मात्र वैध सरकार रहेको भन्दै आएको छ । चिनियाँ मुख्यभूमिसँग पुनरेकीकरण अन्तिम लक्ष्य भएको भन्दै उसले अन्य

मुलुकहरूलाई यो अडानको सम्मान गर्न आग्रह गर्ने गरेको छ । 

उता ताइवानीहरू आफ्नो बेग्लै पहिचान भएको बताउँछन् र वस्तुगत स्वतन्त्रतामा रमाइरहेका छन् । वाशिङटनले यसलाई लामो समयदेखि समर्थन गरिरहेको छ र चीनलाई उद्देश्य पूरा गर्न नदिनका लागि प्रयासहरू तीव्र बनाइरहेको छ । बेइजिङले ताइवानको स्वतन्त्रतालाई वैधता दिने काम आफ्नो सार्वभौमसत्तामाथिको गम्भीर जोखिमका रूपमा लिँदै सैन्यशक्ति प्रदर्शन बढाइरहेको छ । 

तर युद्ध भएर बेइजिङले ताइवानमा औपचारिक आक्रमण गर्ला त ? यसको सम्भावना खासै छैन । ताइवान जलसन्धिमा शक्ति सन्तुलन चीनको पक्षमा ढल्केकोमा कुनै शंका छैन तर आक्रमण गरेमा चीनले अमेरिकासँग युद्ध गर्नुपर्ने हुन्छ र त्यसो गर्दा उसको आफ्नो अनि विश्वको समेत अर्थतन्त्र ध्वस्त हुन्छ । 

चीनले युद्ध जितेछ भने पनि महंगो जीत हुनेछ । त्यसैले अहिले उसले ताइवान टापुमा गरिरहेको गतिविधिलाई अन्य मुलुकले उसको सार्वभौमसत्ताको दाबीलाई सम्मान गरून् भनी सन्देश दिनका लागि गरेको हो भनी बुझ्नुपर्छ । उसले शक्तिप्रदर्शन नगरेमा अन्य मुलुकले यस्तो सम्मान देखाउने छैनन् । 
 

वाशिङटन चाहिँ युद्ध चर्किएमा खुशी हुन्छ किनकि यसो गर्दा चीन युद्धमा फस्छ अनि ताइपेइले हतियार किनेमा हतियार उद्योगलाई नाफा हुन्छ । 

चीनले पुनरेकीकरण तथा एक चीन नीतिलाई अन्तर्राष्ट्रिय राजनीतिको केन्द्रविन्दु बनाउने गरेको छ । उक्त टापुसँग पुनरेकीकरणका लागि बल समेत प्रयोग गर्न आफू तत्पर रहेको उसले बताउँदै आएको छ तर ताइपेइले अमेरिकाको सैन्य समर्थन पाएकाले उसको स्वतन्त्रता अक्षुण्ण छ । 

अमेरिकाले अहिलेसम्म पनि एक नीतिलाई औपचारिक पहिचान दिइरहेको छ र ताइवानसँग आधिकारिक सम्बन्ध राखेको छैन तर उसले ताइवानसँगको सम्बन्धलाई रणनीतिक महत्त्व भने दिइरहेको छ । 

ट्रम्प प्रशासनले चीनसँग जोरी खोजिरहँदा यो रणनीतिक दृष्टिकोण चरममा पुगेको छ । ह्वाइट हाउसले ताइपेइलाई चीनविरुद्ध उभिन अभूतपूर्व रूपमा समर्थन गरिरहेको छ र एक चीन नीतिलाई समेत उल्लंघन गर्ने स्थितिमा पुगेको छ । केही महिनाअघि अमेरिकाका स्वास्थ्यमन्त्री एलेक्स अजारले ताइवान भ्रमण गरेका थिए । 

बेइजिङले ताइवानलाई अमेरिकाको समर्थन अनि ताइवानको औपचारिक स्वतन्त्रता तथा चिनियाँ मुख्यभूमिविरुद्धको भावलाई अस्वीकार्य मानेको छ । ताइवानमाथि आफ्नो सार्वभौमसत्ताको दाबीलाई अवमूल्यन गर्दा चीन सरकारको वैधता र विश्वसनीयता ध्वस्त हुने उनीहरूको बुझाइ छ । अन्य मुलुकले पनि यसै गर्ने हिम्मत देखाउँछन् भन्ने पीर पनि उसलाई परेको छ । 

त्यसैले गर्दा चीनले सैन्य गतिविधि बढाएर अमेरिका तथा अन्य मुलुकलाई रातो घेरा ननाघ्न चेतावनी दिइरहेको छ । उसले ताइवानमाथि आक्रमण गर्ने लक्ष्य राखेको छैन तर आफ्नो अडानलाई अरूले गम्भीर रूपमा लिऊन् भन्नका लागि आफ्नो सैन्य शक्ति संसारलाई देखाइरहेको हो । शक्ति नदेखाउने हो भने कसैले पनि चीनलाई गम्भीर रूपमा लिने छैन । 

त्यसैले चीनले ताइवानका सम्बन्धमा शक्तिप्रदर्शन मात्र गरेको हो । अमेरिका पनि यस विषयमा चीनसँग युद्ध गर्ने पक्षमा छैन तर युद्धको भय कायम रहेमा हतियार उद्योगलाई फाइदा पुग्ने गरी ताइवानलाई हतियार बेचेर ठूलै नाफा कमाउन पाइने लक्ष्य उसले लिएको छ । हतियार बेच्दा रोजगारी बढ्ने भएकाले ट्रम्प चुनावमा पनि फाइदा हुने आकलन गरिरहेका छन् । 

त्यसैले ताइवान जलसन्धिमा युद्ध हुने छैन तर स्थिति तनावपूर्ण चाहिँ हुनेछ । सन्तुलन कायम गर्नका लागि भएका प्रयासका क्रममा स्थिति तनावपूर्ण त हुनेछन् तर दुवै पक्ष तर्कसंगत रहेमा युद्ध टर्नेछ ।
 

आरटीमा प्रकाशित टम फाउडीको विश्लेषण 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x