×

NMB BANK
NIC ASIA

कोरोनाले कैदीबन्दीको दशैं ठप्प : टीका लगाउन नपाउने, भेट्ने आफन्तको पीसीआर रिपोर्ट अनिवार्य

कात्तिक ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

देशभर कोरोनाभाइरस (कोभिड– १९) को संक्रमण दर बढिरहेका बेला कैदीबन्दी पनि त्यसबाट अछुतो छैनन् । चौघेरामा रहने र बाहिरी वातावरणसँग घुलमिल हुन नपाउने कैदीबन्दीलाई समेत कोरोना संक्रमणले छाडेको छैन ।

Sagarmatha Cement
Muktinath Bank

देशव्यापी रूपमा फैलिएको कोरोना संक्रमणका बीच कैदीबन्दीको दशैं पनि प्रभावित हुने भएको छ । कोरोना संक्रमणलाई मध्यनजर गर्दै कैदीबन्दीलाई दशैंमा आफन्तको हातबाट टीका लगाउन बन्देज गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कारागार व्यवस्थापनका विभागका महानिर्देशक द्रोण पोखरेलका अनुसार दशैंको बिदाभन्दा अगाडि कैदीबन्दीलाई भेट्न आउने आफन्तले पीसीआर परीक्षणमा नेगेटिभ आएको रिपोर्ट अनिवार्य लिएर आउनुपर्ने छ, त्यो पनि ५ दिनभित्रको नयाँ रिपोर्ट ।


Advertisment
Nabil box
Kumari

‘अहिले दशैंको टीका लगाउनका लागि बन्द गरेका छौं । चाडबाडमा भेटघाटका लागि हामीले पीसीआर टेष्ट गरेको ५ दिनभित्र भेट्न पाउने व्यवस्था मिलाउन सर्कुलर गरेका छौं,’ विभागका महानिर्देशक पोखरेलले लोकान्तरसँग भने, ‘त्यो पनि सामाजिक दुरी कायम गरेर स्वास्थ्य मापदण्ड अपनाएर मात्रै भेट्न पाउने छन् ।’​

Vianet communication
Laxmi Bank

केन्द्रीय कारागारमा ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट

केन्द्रीय कारागार सुन्धारामा भेट्न आउने कैदीबन्दीका आफन्तले कोरोना नेगेटिभ आएको ७२ घण्टाभित्रको रिपोर्ट लिएर आउनुपर्ने व्यवस्था गरिएको केन्द्रीय कारागार सुन्धाराका जेलर लक्ष्मीप्रसाद बास्कोटाले बताए ।

‘हामी कहाँ कैदीबन्दीका आफन्तले ७२ घण्टाभित्र पीसीआर नेगेटिभ भएको रिपोर्ट लिएर आएको खण्डमा मात्र भेट्न पाउने व्यवस्था छ,’ जेलर बास्कोटाले भने, ‘दशैंमा टीका लगाउन बन्द गरिएको छ । विभागबाटै कोरोना संक्रमणलाई मध्यनजर गरेर टीका लगाउन बन्द गरिएको हो ।’

केन्द्रीय कारागारमा हिजो (आइतवार) सम्म ३ हजार १९० जना कैदीबन्दी छन्, जसमध्ये ३७० जना महिला छन् ।

पछिल्लो समय केन्द्रीय कारागारमा कोरोना भाइरसको संक्रमण फैलिएर २ जनाको ज्यान समेत गइसकेको छ । ५० जनाभन्दा धेरै कैदीबन्दीलाई कोरोना संक्रमण भएको छ ।

यस्तै डिल्लीबजार कारागारमा पनि दशैंमा टीका लगाउन बन्देज गरिएको छ । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरेर आफन्तको हातबाट टीका लगाउन बन्द गरेको डिल्लीबजार कारागारका जेलर गणेश आचार्यले बताए ।

‘यस्तो महामारीका आफन्तको हातबाट टीका लगाउने कुरै भएन,’ जेलर आचार्यले लोकान्तरसँग भने, ‘अरूले पनि बुझ्ने कुरा हो, विभागबाट पनि सर्कुलर भएको छ ।’

दशैंको बिदाभन्दा अगाडि कैदीबन्दी भेट्न आउने आफन्तले ५ दिनको पीसीआर नेगेटिभ भएको रिपोर्ट लिएर आउनुपर्नेछ ।

भेट्दा सामाजिक दुरी कायम गर्ने लगायत स्वास्थ्यका मापदण्ड पूरा गर्नुपर्ने जेलर आचार्यले बताए ।

डिल्लीबजार कारागारमा हिजो (आइतबार)को मितिसम्ममा ५ सय ३५ जना कैदीबन्दी छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x