×

NMB BANK
NIC ASIA

दशैं बजार

कलंकीमा खसी, भक्तपुरमा च्यांग्रा : ग्राहक कम हुँदा पर्खाइमा व्यवसायी, घाँस व्यापारी मख्ख !

कात्तिक ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

‘दशैं आयो भन्छन्, खै यता त देखिएकै छैन, कोरोनाले लग्यो सबै,’ कलंकी खसी बजारका व्यवसायी मनोज अधिकारीको भनाइ हो यो । 

Muktinath Bank

उनले भनेजस्तै अहिले पहिलेजस्तो दशैंको चहलपहल छैन । कोरोना महामारीका बीचमा आएको महान चाड दशैंमा अपेक्षाकृत व्यवसाय नहुँदा व्यवसायीहरू अहिले हैरानीमा छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले विभिन्न किसिमले करीब ६ महिनासम्म लगाएको निषेधाज्ञाका कारण ठप्प व्यापार व्यवसायलाई दशैंले चलायमान गराउला भन्ने अपेक्षामा थिए व्यवसायी, तर यस वर्षको दशैं पहिलेको जस्तो न उल्लासमय छ, न त कुनै चहलपहल नै । 


Advertisment
Nabil box
Kumari

***

Vianet communication
Laxmi Bank

घटस्थापनाको तेस्रो दिन सोमवार काठमाडौंको खसी बजारमा खसीबोका व्यवसायी तथा ग्राहकहरूको केही भीड देखिन्थ्यो । 

तर त्यो भीड गत वर्षका तुलनामा निकै कम । व्यवसायीहरूको भाषामा त्यो भीड गत वर्षहरूको दशैंको तुलनामा जम्मा १० प्रतिशत मात्रै हो । 

खसीबजारका व्यावसायीहरूले घटस्थापनाकै दिनदेखि खसीबोका बिक्री गर्न शुरू गरे, तर बजार शून्यप्रायः भयो । तेस्रो दिन भने तुलनात्मक रूपमा केही बढी बिक्री भयो । 

व्यवसायी अधिकारी गत वर्षहरूको तुलनामा अहिले बजार मन्द जस्तै भएको बताउँछन् ।

लोकान्तरसँग उनले भने, ‘विगतका वर्षहरूमा दिनको १५/१६ वटासम्म खसीबोका बिक्री गर्थ्यौं, यसपालि त्यसो भएन ।’

कोरोना महामारीका कारण व्यापार कम भएको उनको अनुमान छ । उनले भने, ‘हिजो (आइतवार) बिक्री नै भएनभन्दा हुन्छ, आज चाहिँ पाँच/छ वटा बिक्री भयो ।’

बजारमा ग्राहक धेरै नभएपनि मोलमोलाई चलिरहेको थियो । कसैले च्यांग्रा किनिरहेका थिए भने कसैले खसीबोका, जे होस् यसपालिको दशैंमा व्यवसायीले यसैमा चित्त बुझाउनुपर्ने देखिएको अर्का व्यवसायी बताउँछन् । 

कलंकीमा खसी, भक्तपुरमा च्यांग्रा

​कलंकीमा खसीबोका दिनहुँ आयात भइरहेका छन् । करीब ५० हजाभन्दा बढी खसीबोका ल्याउने तयारीमा रहेका व्यवसायीहरूले अहिले २ हजारको हाराहारीमा खसीबोका भित्र्याइसकेका छन् । 

यसपालि कलंकीमा खसीबोका धेरै ल्याइएको छ भने च्यांग्रा निकै थोरै । गत वर्षहरूमा ७ हजार च्यांग्रा ल्याउने गरिएको भएपनि यसपालि व्यवसायीहरूले बजार मागलाई हेरेर संख्या थप गर्ने पर्खाइमा छन् । स्वभावतः च्यांग्राको मूल्य खसीबोकाको तुलनामा बढी हुँदा थोरै मात्र खरिदबिक्री हुन्छ । व्यवसायीहरू भन्छन्, ‘स्वाद थाहा पाउनेहरूले अहिले पनि लिइरहेका छन्, नत्र त खसी नै रुचाउँछन् ।’

उपत्यकावासीलाई भक्तपुरमा पनि बिक्रीका लागि च्यांग्रा राखिएको छ । खसीबजारमा भन्दा भक्तपुरमा च्यांग्रा धेरै छन् तर ग्राहक भने छैनन् । 

फाट्टफुट्ट देखापरेका ग्राहकलाई च्यांग्रा बिक्री गर्न तम्तयार व्यवसायीहरू पहिलेजस्तो अहिले व्यापारको समय नभएको बताउँछन् । 

भक्तपुरको सल्लाघारीमा ठूलो संख्यामा च्यांग्रा बिक्रीका लागि राखिएका छन् । 

‘महँगो मूल्यमा ल्याइएको च्यांग्राले उपयुक्त बजार पाउन सकेको छैन, कोरोनाले समस्या ल्यायो,’ च्यांग्रा व्यवसायी रवि सिंह लोकान्तरसँग भन्छन्, ‘सधैंको व्यवसाय सम्हाल्नै पर्‍यो नि ।’

उनले दिनमा २/३ वटामात्रै च्यांग्रा बिक्री भइरहेको बताए । उनले भने, ‘आज बिक्री भएन, भोलि त बिक्री हुन्छ भन्ने आशा छ ।’

‘च्यांग्रा महंगो छ, महंगो वस्तुको धेरै जोखिम हुने रहेछ, हामी त यही रात कटाउने विचारमा छौं ।’

सल्लाघारीमा बिक्रीका लागि राखिएका सबै च्यांग्रा मुस्ताङका हुन् । 

सहुलियतमा बढ्दो आकर्षण

सधैं झैँ यसपालि पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत दरका खसीबोका बिक्री गर्न शुरू गरेको छ । सोमवारदेखि बिक्री शुरू गरेको लिमिटेडमा आकर्षण पनि धेरै छ । 

लिमिटेडले खसीबोका प्रतिकेजी ५ सय ५० रुपैयाँको दरमा बिक्री गरिरहेको छ । यद्यपि निजी व्यवसायीहरूले ६ सय ५० मा बिक्री गर्दैछन् । निजीमा भन्दा सहुलियतमा धेरै नै सस्तो पर्ने भएकाले अधिकांश ग्राहक सहुलियततिरै जान्छन् । 

लिमिटेडले सोमवार ६ सयवटा खसीबोका बिक्री गरेको छ । अर्थात् पहिलो दिन ल्याएका सबै खसीबोका बिक्री भए । 

बेलुका र बिहानसम्ममा अहिले करीब ५ सय खसीबोका लिमिटेडमा आइपुगेका छन् । 

लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नेत्रप्रसाद सुवेदीका अनुसार बजार मागलाई हेरेर आवश्यक खसीबोका ल्याउने लिमिटेडको तयारी छ । 

लोकान्तरसँग उनले भने, ‘पहिलो दिन अत्यधिक बिक्री भयो । सबै बिक्री भयो, दोस्रो दिनको बजार कस्तो हुन्छ, त्यसैअनुसार खसीबोका थप गर्छौं ।’

उनले खसीबोका साँच्चै सहुलियत दरमा बिक्री गरिएकाले आकर्षण बढेको बताए । ‘स्वाभाविक रूपमा बजार हस्तक्षेप गर्नु नै थियो, हामीले उपभोक्ताको हितलाई ध्यानमा राखेर सहुलियत दरमा खसीबोका बिक्री गरेका हौं,’ उनले भने ।

लिमिटेडले च्यांग्रा बजारलाई हस्तक्षेप गर्न सकेन । जसकारण च्यांग्राको भाउ महंगो छ । सीईओ सुवेदी भन्छन्, ‘हामीले च्यांग्रा ल्याउन धेरै प्रयास गर्‍यौं, तर सकेनौं । यसपालि च्यांग्रा ल्याउन यस्तै भयो ।’

घाँस व्यापारी खुशी !

बजारमा खसीबोका नबिक्दा घाँस व्यवसायीहरू भने खुसी हुन्छन् । 

कलंकी खसी बजारमा प्रतिभारी ८ सय रुपैयाँका दरले घाँस बिक्री भइरहेको छ । घाँस बेच्दै गरेका एक महिलाले भनिन्, ‘खुशी हुनु कि दुःखी ? दशैं लाग्यो, घाँस नै बेचेर भने पनि आम्दानी त गर्नुपर्‍यो ।’ 

यता भक्तपुरमा च्यांग्राका लागि परालको थुप्रो लगाइएको थियो । प्रति रोपनीका हिसाबले पराल किनेर च्यांग्रालाई दिने गरेको व्यवसायीहरू बताउँछन् । व्यवसायी रवि सिंह भन्छन्, ‘रोपनीको १२/१५ हजार पर्छ । एक रोपनीको परालले ४/५ दिनलाई पुर्‍याउँछौं ।’

भीडभाडको छैन व्यवस्थापन

कोरोना महामारीका बीचमा यसपालि दशैं मनाउनुपर्ने बाध्यता छ । संक्रमण न्यूनीकरणका लागि सरकारले विभिन्न किसिमका स्वास्थ्य प्रोटोकलहरू जारी गरेको छ । यद्यपि कलंकीको खसी बजारमा त्यो प्रोटोकलको पालना देखिँदैन । 

ग्राहक र व्यवसायीहरू निर्वाध रूपमा खसीबोकाको मोलमोलाई गरिरहेका देखिन्छन्, जहाँ न सामाजिक दूरी छ, न त मास्क नै । 

यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खसी बिक्री केन्द्रमा पनि भीड उस्तै देखिन्थ्यो । खसी राखिएको ठाउँमा कसैले सामाजिक दूरी पालना गरेका देखिँदैनन् । 

खसी किन्नका लागि एकपटकमा २० जनामात्र जान पाइने व्यवस्था लिमिटेडले गरेपनि उपभोक्ताहरू एकैपटक धेरै जम्मा हुँदा भीड भएको लिमिटेडका सीईओ सुवेदीले लोकान्तरलाई बताए । 

उनले पहिलो दिन भीड भएपनि आगामी दिनमा सुधारका उपाय अवलम्बन गरिने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x