×

NMB BANK
NIC ASIA

बुटवलमा आंगिक क्याम्पस सञ्चालनमा आउँदै

कात्तिक ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

लुम्बिनी बौद्ध विश्वविद्यालयले पहिलो आंगिक क्याम्पस बुटवलमा सञ्चालन गर्ने भएको छ । १२ औं विश्वविद्यालय सभाले बुटवलमा पहिलो आंगिक क्याम्पस खोल्ने निर्णय गरेको हो । प्रधानमन्त्री निवास वालुवाटारमा असोज २६ गते सभा भएको थियो ।

Muktinath Bank

रुपन्देहीको लुम्बिनीमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयले केन्द्रीय क्याम्पस र सम्बन्धन प्राप्त क्याम्पसबाट पठनपाठन गराईरहेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सभाको निर्णयानुसार बुटवलमा यसै शैक्षिक सत्रदेखि सिटी क्याम्पस सञ्चालनमा ल्याइने विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले जानकारी दिए । ‘यो पहिलो आंगिक क्याम्पस हुनेछ, मंगलबा बुटवलमा सिनेटका निर्णय सार्वजनिक गर्दै उनले भने,यसलाई विस्तार गर्दै जाने रणनीति रहेको छ ।’


Advertisment
Nabil box
Kumari

बुटवलमा आंगिक क्याम्पस खुलेसंगै विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरु विस्तार हुदै जाने देखिएको छ । विश्वविद्यालय अहिलेसम्म लुम्बिनीमा मात्रै खुम्चिएर बसेको थियो । विश्वविद्यालयले लुम्बिनीमा बौद्ध दर्शन, कपिलवस्तुमा पुरातात्विक अनुसन्धान केन्द्र, देवदह र रामग्राममा अन्य शैक्षिक कार्यक्रम चलाउने रणनीति बनाएको छ । सिटी क्याम्पसमा मानविकीतर्फका विषयहरु सुरु चरणमा सञ्चालन हुनेछन् । बौद्ध दर्शनका विषय थप्दै लगिने रजिष्ट्रार आचार्यले बताए । अहिले बुटवलमा स्नातक तहमा कानून र  ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट विषय चलिरहेका छन् ।

Vianet communication
Laxmi Bank

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सभाले गायिका आनी छोइङ डोल्मालाई सद्भावना दूत बनाउने निर्णय गरेको छ । विश्वविद्यालयको अन्र्तराष्ट्रिय स्तरमा प्रवद्र्धनका लागि डोल्मालाई दूत बनाइएको रजिष्ट्रार आचार्यले बताए ।

सभाले काठमाण्डौंमा बज्रयान अध्ययन केन्द्र स्थापना गर्ने निर्णय समेत गरेको छ । विश्वविद्यालयले लुम्बिनी क्षेत्रका चार स्थान, हिमाली क्षेत्र र काठमाण्डौंमा बौद्ध दर्शनका विभिन्न शैक्षिक कार्यक्रम चलाउने दीर्घकालीन रणनीति बनाएको छ ।

सभाले हरेक वर्ष एक जना बौद्ध विद्वानलाई सम्मान गर्ने गरी ५ हजार डलर राशीको लुम्बिनी बौद्ध विश्वविद्यालय अन्र्तराष्ट्रिय प्रज्ञारत्न अवार्ड प्रदान गर्ने निर्णय गरेको छ । बौद्ध दर्शनका अध्येताहरुमध्येबाट उच्चस्तरीय छनौट कार्यदलले व्यक्ति छनौट गर्नेछ ।

सभाले विश्विद्यालयका लागि २ सय ५३ जनाको दरबन्दी स्विकृत गरेको छ । शिक्षणतर्फ १ सय १२ जना र प्रशासनिक कर्मचारीतर्फ १ सय ४१ जनाको दरबन्दी स्विकृत गरेको हो । चालु आर्थिक वर्षका लागि ३० करोड ६० लाखको बजेट पनि स्विकृत गरेको छ ।

बौद्ध विश्वविद्यालयबाट बौद्ध दर्शन बाहेकमा पनि विद्यावारिधी गर्न सकिने भएको छ । सभाले मानविकी विषयबाट समेत विद्यावारिधि गर्न सकिने निर्णय लिएको हो । यसअघि बौद्ध दर्शनमा मात्रै विद्यावारिधि गर्न सकिने व्यवस्था थियो । डिग्रीको संख्या बृद्धि भएर १२ पुगेको छ । सभाले नियमावली संसोधन, वार्षिक प्रतिवेदन समेत पारित गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x