×

NMB BANK
NIC ASIA

दुई जना प्रहरीको हत्या तस्करी गर्ने समूहले गरेको खुलासा

कात्तिक ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी उपमहानगरपालिका—१२स्थित जुगेडा स्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत दुई जना प्रहरीको हत्या घटना सीमा क्षेत्रमा तस्करी गर्ने समूहले गरेको खुलेको छ ।
  जिल्ला प्रहरी कार्यालय कैलालीमा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता प्रतिक बिष्टले मालसामान तस्करी गर्ने समूहको प्रहरी हत्या घटनामा संलग्नता देखिएको बताए ।
  ‘‘नेपालवाट मटर भारत तर्फ तस्करी भइरहँदा प्रहरीवाट रोकेर नियन्त्रणमा लिने प्रयास गर्दा तस्करहरुले उक्त हत्या घटना घटाएको अनुसन्धानवाट देखिएको छ”, प्रवक्ता बिष्टले भने “पक्राउ परेकाहरुले बयानका क्रममा हत्यामा संलग्न भएको स्वीकारेका छन् ।” उक्त पोष्टमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउँको शनिवार राति सीमा क्षेत्रको चकमेली गाउँ नजिकै हत्या गरिएको थियो ।

Muktinath Bank

   प्रसनि बिक र प्रहरी जवान साउद नियमित गस्तीका क्रममा शनिवार राती जुगेडाको दक्षिण तर्फको नेपाल— भारत सीमावर्ती क्षेत्रमा थिए ।  प्रहरीको हत्या गरिसकेपछि शबलाई घटनास्थलवाट झण्डै चारसय मिटरको दुरीमा रहेको मोहना नदी सम्म पुर्याई सो समूह फरार भएको जनाइएको छ । पत्रकार सम्मेलनमा घटनामा संलग्न भएको अरोपमा पक्राउ परेका स्थानीय सात जनालाई आज सार्वजनिक गरिएको छ । बिकको शब घटना भएको दोस्रो दिन मोहना नदीमा फेला परेकोमा प्रहरी जावानको शब सोही नदीमा आज फेला परेको छ । नदी क्षेत्र वाट प्रसनि बिक ले प्रयोग गर्ने गरेको पेस्तोल र मोबाइल सेट समेत प्रहरीले फेला पारेको छ ।   


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका—१०का पर्कु भन्ने रोहित राना, राजेन्द्र राना, चोर भन्ने सुरेश राना, गब्बर भन्ने राजकुमार राना, रामनिवास राना, टल्लु भन्ने दलराम राना र गोपाल भन्ने रामगोपाल राना रहेका छन् । पक्राउ परेका माथि ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाइएको छ ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x