दाङका कोरोनाबाट एकको मृत्यु, गण्डकीमा थपिए संक्रमित ?

दाङमा आज एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । लमही नगरपालिका –५ निवासी ४३ वर्षीय पुरुषको होम आइसोलेशनमा बसेका अवस्थामा मृत्यु भएको हो ।
 सङ्क्रमितमा कमलपित्तको समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले बताए ।  काठमाडौंँमा उपचारपछि घर फर्किएको अवस्थामा स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो । सङ्क्रमित पुरुष एक हप्तादेखि होम आइसोलेशनमा थिए । शव लमहीस्थित अजम्बरी सामुदायिक वनको खाली क्षेत्रमा नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको छ ।  ।
यसैबीच गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ८७ जना पुगेको छ । मङ्गलबार मात्रै प्रदेशमा १२७ जना कोरोना सङ्क्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नं २२ का ४४ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा आज निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।
 कात्तिक ३ गते कोरोना पुष्टि भएका निजमा कोरोना सहित निमोनिया र श्वासप्रस्वास सम्बन्धी समस्या रहेको निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको छ ।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्