×

NMB BANK
NIC ASIA

तस्करले ढाले राष्ट्रसेवामा समर्पित विपन्न परिवारको खम्बा

कात्तिक ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

गोविन्द विक प्रहरी सेवामा प्रवेश गरेको धेरै भएको थिएन । २०७४ सालमा प्रहरी सहायक निरीक्षकमा नाम निकाल्ने २८ वर्षीय उनी दलित समुदायकै पहिलो व्यक्ति थिए ।

Muktinath Bank

विकको सफलताले परिवार मात्रै खुशी थिएन । सिंगो दलित समुदाय नै गर्वले गद्गद् थियो । राम्रो काम गरेर राष्ट्रसेवाको छोटो अवधिमै जनताको मन जितेका थिए उनले । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यही कारण परिवारले पनि गर्व नगर्ने त कुरै भएन तर परिवारको त्यो खुशी धेरै समय टिक्न पाएन । अहिले शोकमा परिणत भएको छ ।


Advertisment
Nabil box
Kumari

गस्तीमा गएका बेला बीभत्स हत्या भएको छ विकको । उनीसँगै अर्का प्रहरी जवान रामबहादुर साउँदले पनि त्यही नियति भोग्नुपर्‍यो । कर्तव्य पालनाको सिलसिलामा दुवै जनाले वीरगति प्राप्त गरेका छन् ।

Vianet communication
Laxmi Bank

मोहना नदी दुवैको एकै चिहान बन्यो । आपराधिक व्यक्तिले नियमित गस्तीमा खटेका सिपाहीहरूको गत शनिवार राति बीभत्स हत्या गरेर नदीमा फालेका थिए ।

कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित नेपाल–भारत सीमा क्षेत्रमा घटना भएको हो । दुवै जना जुगेडास्थित अस्थायी प्रहरी पोस्टमा कार्यरत थिए । सो क्षेत्रमा विगतदेखि नै भारतबाट मालसामान तस्करी हुँदै आएको छ । तस्करको निगरानी गर्ने उद्देश्यले गस्तीमा जाँदा दुवै प्रहरीको हत्या भएको हो । हत्या स्थानीय तस्कर समूहले गरेको पुष्टि भएको छ ।

कर्तव्य पालनाको सिलसिलामा हत्या भएपछि दुवै जनाको परिवार अहिले विक्षिप्त बनेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका–९ सुकुम्बासी टोल ख गाउँमा विककी आमा र पत्नी ३ दिनदेखि बेहोश छन् । यो घटनाले परिवार मात्रै हैन, सिंगो गाउँ नै शोकमा डुबेको छ ।

‘गस्तीमा जानुभएका हाम्रो दाइको मात्रै हत्या भएको छैन,’ विकका भाइ नरेशले भने, ‘घरमा रहेका अरू १२ जना सदस्यको पनि हत्या भएको छ । घरका लागि कमाइ गर्ने एक्लो व्यक्तिको मृत्युले हामीहरू सबै मरेतुल्य भएका छौं ।’

निष्ठापूर्वक प्रहरी सेवामा लागेकै कारण आफ्नो दाइले ज्यान गुमाउनु परेको उनले बताए । ‘यदि मेरो दाइले घुस वा कमिसन लिन जानेको भए ड्युटीमा हत्या हुने थिएन,’ नरेशले भने ।

घरमा ५० वर्षीया आमासहित १२ जना सदस्य छन् । जसमध्येका ६ र ३ वर्षीया २ कलिला छोरी छन् । विक परिवारको आशाको त्यान्द्रो थिए । उनलाई आमाले धेरै दुःखकष्ट गरेर प्रवीणता प्रमाणपत्र तहसम्म पढाएका थिए । पढेर छोरो जागिर खाने आशा थियो, आमा कलावतीको ।

‘आमाको सपना साकार पार्न दाजुले धेरै मिहिनेत गरेर असईमा नाम निकाल्नुभएको थियो,’ नरेशले भने, ‘उहाँको हत्याले हाम्रो एउटै आशाको दियो सधैंका लागि निभेको छ ।’ भारतमा मजदुरी गर्न गएका बेला २० वर्ष अगाडि नै बुबाको मृत्यु भएपछि रोगी आमाले दाउरा बेचेर दाइ गोविन्दलाई पढाएको नरेशले बताए ।

‘आम्दानी केही थिएन । रोगी आमाले दाउरा बेचेर दाइको लागि पढाइ खर्च जुटाउनु हुन्थ्यो,’ उनले भने, ‘त्यत्रो संघर्षले मिलेको हाम्रो खुशी छिन्ने हत्यारालाई हदैसम्मको कारबाही हुनुपर्दछ ।’

उता अछाम घर भएका प्रहरी जवान साउँदको परिवार पनि शोकमा डुबेको छ । पति बेपत्ता भएको खबर पाएलगत्तै सोमवार धनगढी पुगेकी मृतककी पत्नी विक्षिप्त छन् । मृतक साउँदका पनि २ छोरी छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार साउँद २०६७ सालबाट प्रहरी सेवामा थिए । विक अस्थायी प्रहरी पोस्टमा गत भदौमा मात्रै खटेका थिए भने साउँद त्यहाँ पहिल्यैदेखि कार्यरत थिए ।

हत्याको आरोपमा ७ जना पक्राउ परेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयले मंगलवार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१० का रोहित राना, राजेन्द्र राना, सुरेश राना, राजकुमार राना, रामनिवास राना, दलराम राना र वडा नम्बर ११ का रामगोपाल राना रहेका छन् । उनीहरू सबै स्थानीय तस्कर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले तस्करी नियन्त्रण गर्न खोज्दा तस्करहरूले योजनाबद्ध रूपमा धारिलो हतियार प्रहार गरेर प्रहरीकै हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । उनले धनगढी उपमहानगरपालिका–१० स्थित मोहना नदीबाट करीब ४०० मिटर उत्तरमा घटना भएको बताए । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x