×

NMB BANK
NIC ASIA

काठमाडौं पुगेर बल्झियो कर्णालीको किचलो, अध्यक्षद्वयबीच नै झमेला

कात्तिक ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा कर्णाली प्रदेशको विवादले केन्द्रसम्मै असमझदारी देखिएको छ ।

Muktinath Bank

पार्टीका २ अध्यक्षबीच मंगलवार बालुवाटारमा सहमति भयो भनिए पनि त्यसबारे फरक–फरक धारणा बाहिर आएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलवार कर्णालीको विवाद समाधान गर्न जुटेका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले २ अध्यक्षबीच ४ बुँदे सहमति भएको जानकारी दिएका छन् । उनका अनुसार कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने, प्रमुख सचेतक गुलावजंग शाहलाई हटाउने मुख्यमन्त्रीको निर्णय बदर गर्ने, प्रमुख सचेतकमा नियुक्त सीता नेपालीको नियुक्ति पनि बदर गर्दै पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने सहमति भएको हो । अन्य विषयमा आपसी सल्लाहमा निर्णय लिने सहमति भएको उनको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

अर्का अध्यक्ष दाहाल पक्षले भने सहमतिलाई अस्वीकार गरेको छ । दाहालका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाले २ अध्यक्षबीच कर्णाली विवादबारे कुनै पनि सहमति नभएको विज्ञप्तिमा जनाएका छन् । बालुवाटारमा कुनै सहमति नभएको र बाहिर आएको सूचना सही नभएको जनाइएको छ ।

Vianet communication
Laxmi Bank

प्रमुख सचेतकबाट हटाइएका सांसद शाहले २ अध्यक्षबीच सहमति भइसकेको दाबी गरे । ‘दुई अध्यक्षबीच सहमति भएको छ । हामीलाई सोहीअनुसार अब निर्देशन आउला,’ शाहले भने, ‘पार्टीको निर्णयअनुसार नै हामी अगाडि बढ्छौं । पार्टीले बोलाएरै हामी विवाद थाती राखी काठमाडौं आएका हौं । अब २ अध्यक्षबीचको सहमति पनि कार्यान्वयन गर्छौं ।’

मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार धु्रव बुढाथोकीले दुई अध्यक्षबीच भएको भनिएको सहमति सही नभएको बताए । बालुवाटारमा दुई अध्यक्षबीच छलफल भए पनि सहमति नभएको उनको दाबी छ । कर्णालीमा देखिएको विवाद समाधान गर्ने जिम्मा प्रदेश कमिटी र संसदीय दललाई दिनुपर्ने प्रस्ताव दाहालले राखेको उनको सचिवालयले जनाएको छ । तर त्यसलाई प्रधानमन्त्री ओलीले अस्वीकार गर्दै केन्द्रले नै विवाद टुंगो लगाउनुपर्ने बताएका थिए ।

नेकपाका बहुमत १८ जना सांसदले असोज २५ गते मुख्यमन्त्री शाहीविरुद्ध प्रदेश संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए । त्यही विवाद चर्किंदै गएपछि अध्यक्षद्वयले मुख्य नेताहरूलाई काठमाडौं बोलाएका थिए । तर दुई अध्यक्षले अझै निर्णय दिन सकेका छैनन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x