एनआईसी एशिया लघुवित्तको सञ्चालकमा अग्रवाल नियुक्त

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको  असोज २२ गते बसेको सञ्चालक समितिको ८४ औं बैठकले विभोर कुमार अग्रवाललाई संस्थाको सञ्चालक नियुक्त गरेको छ ।

सञ्चालक विभोर कुमार अग्रवालले कात्तिक ४ गते कम्पनीका अध्यक्ष कपिल ढकालबाट अनुसूची १ बमोजिमको पद तथा गोपनियताको शपथ ग्रहण गरी पदवहाली समेत गरे ।


Advertisement

नयाँ सञ्चालक विभोर कुमार अग्रवालको अनुभवबाट आगामी दिनमा संस्थाले आफ्नो उद्देश्य प्राप्तिमा उच्चतम प्रगति हासिल गर्ने विश्वास साथ संस्थाले अझ बढी प्रगतिको बाटोमा अघि बढ्ने विश्वास संस्थाले लिएको छ ।

कात्तिक ४ गतेबाट लक्ष्मण चालिसेलाई संस्थाको प्रमुख कार्यकारी अधिकृतको रूपमा  नियुक्त गरिएको  छ । चालिसे विगत १६ वर्षदेखि विभिन्न वाणिज्य बैंकको व्यवस्थापकीय पदमा कार्यरत छन् । १६ वर्षअघि नेपाल बैंक लिमिटेडबाट बैंकिङ करिअर शुरू गरेका चालिसे २०६५ चैत ०३ गते एनआईसी एशिया बैंकमा वरिष्ठ अधिकृतका रूपमा कार्य शुरू गरी हाल बैंकको वरिष्ठ प्रबन्धकको रूपमा कार्य गर्दै आएका थिए । लक्ष्मण चालिसेले व्यवस्थापन विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । चालिसेको अनुभवबाट संस्थाले आफ्नो उद्देश्य प्राप्तिमा उच्चतम व्यावसायिक प्रगति हासिल गर्ने विश्वास रहेको संस्थाले लिएको छ  ।


Advertisement

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी स्थापना भएको यस एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थापना भएको छोटो समयमा नै लघुवित्त क्षेत्रमा उच्च स्थान हासिल गर्न सफल भएको जनाइएको छ । आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र यस संस्था प्रतिको भरोसा सहित हाल तत्काल खोलिएको शाखाहरु सहित ३३ जिल्लाहरुमा १०५ शाखा कार्यालयहरुबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

साथीसँगै सवल बन्दै भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लामा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आइरहेको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्