डोटीका शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा

स्थानीय प्रशासनले कोरोना भाइरस महामारीको मध्यनजर गर्दै जारी गरेको निषेधज्ञाले विजयीदशमीमा सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भागवती मन्दिर सुनसान देखिएको छ । तस्वीर : अरुणकुमार यादव/रासस

जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा गरेको छ । 

पछिल्लो समय डोटीका मन्दिर तथा शक्तिपीठमा नागरिकको भीड बढ्न थालेका कारण कोरोना संक्रमण बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गरेको हो । 


Advertisement

हिन्दू नेपालीहरुको महान चाड बडादशैं नजिकिएसँगै कोभिड–१९ को संक्रमणलाई दृष्टिगत गरी जिल्ला सुरक्षा समितिले जिल्लाको शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा गरेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए । उनले भने, ‘शक्तिपीठ र मन्दिरमा निश्चित पुजारीद्वारा सामान्य गरिने नित्यकर्मबाहेक अन्य सबै पूजा बन्द गरिएको छ, सबैलाई नियम पालना गर्न आग्रह गदर्छु ।’

निषेधित क्षेत्र घोषणा भएपछि यहाँका शक्तिपीठ र मन्दिरहरुमा भक्तजनको खासै चहलपहल नरहेको दिपायल सिलगढी नगरपालिका–३ का भरत द्वारियाले बताए । उनले भने, ‘कोरोनाले मान्छेमा त्यत्तिकै त्रास थियो, त्यसैमा प्रशासनले मन्दिरलगायत सार्वजनिक ठाउँलाई निषेधित क्षेत्र बनाएपछि खासै चहलपहल छैन ।’


Advertisement

सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ शैलेश्वरी मन्दिरमा नित्य पूजापाठबाहेकका अन्य सम्पूर्ण गतिविधि गर्न निषेध गरिएको पुजारी प्रेमशंकर भट्टले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्