सर्लाहीमा १५ किलो गाँजासहित २ जना पक्राउ

लागूऔषध गाँजासहित सर्लाही जिल्लाको लालबन्दीबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

लालबन्दी नगरपालिका–१ बागवानी केन्द्रका प्रहरीले प्रदेश २–०–३००१ प ८०६३ नम्बरको मोटरसाइकललाई बुधवार बिहान ४ः३० बजे जाँच गर्दा १५ किलो गाँजासहित हरिवन नगरपालिका–२ डाबरी निवासी २० वर्षीय श्रवण महतो र १९ वर्षीय बद्री महतोलाई पक्राउ गरेको हो ।  


Advertisement

डाबरीबाट जंगलको बाटो हुँदै बागवानी आएपछि उनीहरूलाई प्रहरीले जाँच गर्दा गाँजा फेला परेपछि नियन्त्रणमा लिइएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए । प्रहरीले उनीहरूका साथबाट २ फिट लामो धारिलो हतियार तरबार समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

यसैबीच बलरा नगरपालिकामा पोखरीमा डुबेर १ बालकको मृत्यु भएको छ । बलरा–४ स्थित  सार्वजनिक पोखरीमा डुबेर स्थानीय जगु सहनीका ९ वर्षीय छोरा आदित्यकुमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।


Advertisement

मंगलवार साँझ पोखरीमा नुहाउने क्रममा सहनी पोखरीमा डुबेका थिए । 

कमेन्ट गर्नुहोस्