×

NMB BANK
NIC ASIA

चिनियाँ कम्युनिष्ट पार्टीले नेपाली नेतालाई भन्यो- विकास र साझेदारीबारे साझा धारणा बनाऊ

कात्तिक ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चीनले नेपालका राजनीतिक दलहरूलाई चीनसँगको सहकार्य र विकास साझेदारीबारे साझा धारणा तय गर्न आग्रह गरेको छ ।

Muktinath Bank

सीमापार रेल तथा बेल्ट एण्ड रोड अन्तर्गतका अन्य महत्वपूर्ण पूर्वाधार विकास तथा साझेदारी सम्बन्धि 'हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग' सम्बन्धमा नेपाल र जनवादी गणतन्त्र चीनका राजनीतिक दलहरू बीचको संयुक्त परामर्श संयन्त्रको पहिलो बैठक”मा चीनले यस्तो आग्रह गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)ले मंगलबार आयोजना गरेको उक्त बैठकलाई चीनको तर्फबाट चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ र नेपालको तर्फबाट सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताले सम्बोधन गरेका थिए ।


Advertisment
Nabil box
Kumari

राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिएको उक्त बैठकलाई प्रमुख विपक्षी दल नेपाली कांग्रेसको तर्फबाट सभापति देउवाका प्रतिनिधिको रुपमा डा. प्रकाशशरण महत र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायतका नेताहरुले पनि सम्बोधन गरेका थिए ।

Vianet communication
Laxmi Bank

शुभकामना सन्देशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औं वर्ष पूरा भएको अवसरमा दुवै मुलुकका राजनीतिक दलहरूबीच नियमित संवादका लागि परामर्श संयन्त्र स्थापनाले नेपाल-चीन बीचको सम्बन्ध थप प्रगाढ तुल्याउन विशेष योगदान पुग्ने विश्वास व्यक्त गरेकी थिइन् ।

त्यस्तै बैठकलाई पठाएको शुभकामना सन्देशमा प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड कोअपरेसन र ट्रान्स हिमालयन मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्कलाई उच्च महत्व दिएको उल्लेख गरेका छन् । चीन र नेपालबीच अहिले बीआरआई अन्तर्गतका आयोजनाहरु कार्यान्वयनका लागि अन्तिम चरणको काम भैरहेको पनि प्रधानमन्त्रीको भनाई थियो ।

कार्यक्रममा नेकपाका कार्यकारी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री भएकै समयमा चीन र नेपालबीच बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मा हस्ताक्षर भएको स्मरण गर्दै यो परियोजनाले चिनियाँ राष्ट्रपति सी चिन फिङले भने जस्तै नेपाललाई ‘ल्याण्ड लक्ड’बाट ‘ल्याण्ड लिङ्क्ड’ बनाउन मद्दत गर्ने धारणा राखे ।

शान्ति, स्थायित्व र विकासका लागि बेल्ट एण्ड रोड इनिसिएटिभ परियोजना महत्वपूर्ण हुने उहाँको भनाई थियो । नेपालमा बढिरहेको कोरोना नियन्त्रणका लागि चीनको सहयोग महत्वपूर्ण रहेको र कोरोनापछि पनि आर्थिक वृद्धि पुनःस्थापना गर्न चीनको सहयोग चाहिने उनको धारणा थियो ।

नेपालको संविधानमै समाजवादतर्फ उन्मुख भन्ने उल्लेख भएको र चीनमा समाजवादको अभ्यास भैरहेका कारण नेपाल र चीनबीच साझेदारीका अनेक सम्भावना रहेको प्रचण्डको भनाई थियो ।

जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बीआरआई यस क्षेत्रको नवीनता, उत्पादकत्व र प्रगतिका लागि महत्वपूर्ण हुने बताए । बीआरआई परियोजनाले दुई देशबीच वित्तीय एकीकरण र नीति समन्वयका लागि काम गर्ने विश्वास व्यक्त गर्दै भट्टराईले विश्वव्यापी मूल्य र आपूर्ति श्रृंखलालाई नेपालको पहुँच विस्तारमा सघाउने धारणा राखेका छन् ।

बीआरआई ९ वटा आयोजना अन्तर्गत ट्रान्स–हिमालयन कनेक्टिभिटिले नेपाली नागरिकलाई सबैभन्दा बढी आकर्षित गरेको उल्लेख गर्दै डाक्टर भट्टराईले नेपालको भूराजनीतिक परिवर्तनमा यो परियोजना महत्वपूर्ण हुने बताए ।

चीनको तर्फबाट सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले चीन र नेपाल असल छिमेकी, मित्र र साझेदार भएको उल्लेख गर्दै बेल्ट एण्ड रोड इनिसिएटिभबाट दुई देशका जनताले विकास र साझेदारी विस्तार गर्नसक्ने धारणा राखे । दुई देशका राजनीतिक पार्टी तथा नेताहरूबीच उच्च स्तरीय सम्बन्ध सुदृढिकरण भैरहेको र सहकार्यका मार्गहरु पनि बढिरहेको ताओले बताए ।

वर्तमान समयमा विश्व कठीन समयबाट गुज्रिरहेको उल्लेख गर्दै चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख ताओले यो समय पार गर्नका लागि नयाँ शीतयुद्धको मानसिकता र संरक्षणणवादी बाटोबाट सहकार्यतर्फ उन्मुख हुनुपर्ने धारणा राखे ।

बेल्ट एण्ड रोड इनिसिएटिभ चिनियाँ राष्ट्रपति सी चिन फिङले अघि सारेको महत्वपूर्ण साझेदारी परियोजना भएको बताउँदै उनले भने, “बिआरआई हाम्रा दुई देशको आन्तरिक विकास र दुई देशका जनताको हितका लागि हो भन्ने बुझ्नु उत्तम हुन्छ ।”

कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रतिनिधिकोरुपमा सम्बोधन गरेका पूर्व परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतले बेल्ट एण्ड रोडका परियोजनाहरु राजनीतिक सहमतिमा चयन गरिनुपर्ने र परियोजनाका कारण वातावरणीय प्रभावबारे सचेत रहनुपर्ने डाक्टर महतको भनाई थियो । प्रविधि हस्तान्तरण बिआरईको पहिलो शर्त हुनुपर्छ हुनुपर्ने धारणा पनि उनले राखेका छन् ।

नेपालबाट बोल्ने सबै नेताहरुले चिनियाँ राष्ट्रपति सी चिन फिङले अघि सारेको बेल्ट एण्ड रोड निक्कै महत्वपूर्ण रहेको र यसका परियोजना तीव्रीरुपमा अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

त्यस्तै चीनले नेपाललाई कोरोनाविरुद्ध लड्नका लागि सहयोग गर्ने अपेक्षा व्यक्त गरेका नेताले चीनमा बनेको कोरोनाविरुद्धको खोप नेपाललाई सहजै प्राप्त हुने आशा व्यक्त गरे ।

कार्यक्रममा शुभकामना दिएका राष्ट्रपति र प्रधानमन्त्रीसहित सबै दलका नेताले नेपाल एक चीन नीतिप्रति सदैव प्रतिबद्ध रहिआएको र तिब्बत, ताइवान, हङकङ एवम् सिन्जियाङसम्बन्धी मामिला चीनको आन्तरिक मामिला भएको दोहोर्‍याएका छन् ।

शब्द, तस्वीरः सरोज गौतम

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x