प्रहरीले बरामद गर्‍यो जंगलमा लुकाएको बेवारिसे काठ

प्रतिकात्मक तस्वीर

स्याङ्जाको चापाकोट नगरपालिका–१ खोलेगाउँस्थित भित्रि सडकको जंगलमा बेवारिसे अवस्थामा भेटिएको सालको काठ प्रहरीले बरामद गरेको छ ।

सालको काठ जंगलमा लुकाएर राखेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चापाकोटबाट गएको प्रहरी टोलीले बाटोमुनि स्याउलाले ढाकेर राखिएका अवस्थामा ३०६.३४ क्युफिट बराबरको २१८ थान सालको काठ फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।


Advertisement

स्थानीय वासिन्दा, जनप्रतिनिधि र प्रहरीको रोहबरमा मुचुल्का तयार पारी आवश्यक कारबाहीका लागि सो काठ वन डिभिजन कार्यालय स्याङ्जामा बुझाइएको छ । 


Advertisement

कमेन्ट गर्नुहोस्