×

NMB BANK
NIC ASIA

चीन र ताइवानका कूटनीतिकर्मीबीच फिजीमा हात हालाहाल

कात्तिक ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चीन र ताइवानबीच लामो समयदेखि चलिरहेको तनाव फिजीमा विस्फोट भएको छ । त्यहाँ दुई देशका कूटनीतिकर्मीले एकअर्कामाथि हातपात गरेका छन् । 

Muktinath Bank

ताइवानले यसै महिना नेसनल डेको अवसरमा आयोजित समारोहमा चिनियाँ दूतावासका दुई अधिकारी नबोलाइकन त्यहाँ आइपुगेको बतायो । चीनले ताइवानका यी दाबीहरू खारेज गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुवै पक्षका अधिकारीहरूलाई चोटपटक लागेको छ । फिजी प्रहरीलाई यस घटनाको अनुसन्धान गर्न माग गरिएको छ । 


Advertisment
Nabil box
Kumari

ताइवानलाई चीनले आफूबाट छुट्टिएको प्रान्त मान्ने गरेको छ । तर ताइवान सम्प्रभुतासम्पन्न मुलुक भएको त्यहाँका नेताहरू तर्क गर्छन् । 

Vianet communication
Laxmi Bank

चीन र ताइवानबीच युद्ध शुरू हुने खतरा बढिरहँदा ताइवानको सहयोगीका रूपमा अमेरिका पनि युद्धमा होमिने हो कि भन्ने डर उत्पन्न भएको छ । 

शिव नादर विश्वविद्यालयमा डिपार्टमेन्ट अफ इन्टरनेसनल रिलेसन्स यान्ड गभर्नेन्स स्टडीजमा सहप्राध्यापक जबिन थोमस जेकब भन्छन्, ‘यो फिजीको मात्र कुरा हैन । ताइवानका विषयमा जहाँ जे भए पनि चिनियाँ कूटनीतिकर्मीले हस्तक्षेप गर्नेछन् ।’

चीनका कूटनीतिकर्मीहरू विगत केही समययता आक्रामक दृष्टिकोण अपनाइरहेको जेकबको भनाइ छ । 

घटना १३ दिनअघि अक्टोबर ८ मा भएको हो । फिजीमा ताइवानको व्यापार कार्यालयले राजधानी सुवाको विलासी ग्रान्ड प्यासिफिक होटलमा लगभग १०० जना पाहुनाका लागि एक प्रीतिभोज आयोजन गरेको थियो । यो व्यापार कार्यालय एक प्रकारले ताइवानको दूतावास नै हो । 

चीनका दुई अधिकारीहरूले तस्वीर खिच्न थालेको र अतिथिहरूको बारेमा जानकारी संकलन गर्न थालेको ताइवानको परराष्ट्र मन्त्रालयको दाबी छ । ताइवानका कूटनीतिकर्मीहरूले उनीहरूलाई जान भने पनि नमानेर उल्टो आक्रमण गरेको र ताइवानीहरूलाई टाउकोमा चोट लागेकाले अस्पतालमा भर्ना गर्नुपरेको उनीहरूले बताए । 

ताइवानको परराष्ट्र मन्त्रालयका प्रवक्ता जोआन ओउले यसमा प्रतिक्रिया दिँदै भने, ‘हामी फिजीमा चिनियाँ दूतावासका कर्मचारीको यस कदमको कडा निन्दा गर्छौं । उनीहरूले कानून र सभ्यताको गम्भीर उल्लंघन गरेका छन् ।’

तर चीनले यस घटनाको अर्कै व्याख्या गरेको छ । फिजीमा रहेको चिनियाँ दूतावासले आफ्ना कर्मचारीहरू कार्यक्रमस्थल बाहिर सार्वजनिक स्थानमा रहेको र सरकारी कर्तव्य पालन गरिरहेको जानकारी दियो । 

ताइवानका अधिकारीहरूले उत्तेजक क्रियाकलाप गरेको र एक चिनियाँ कूटनीतिकर्मीलाई घाइते बनाएको आरोप चीनले लगाएको छ । 

सोमवार चीनको परराष्ट्र मन्त्रालयले प्रेस ब्रीफिङमा बताएअनुसार, कार्यक्रममा ताइवानको झण्डा देखाउने एक केक थियो । एक देशका रूपमा ताइवानलाई चीनले मान्यता नदिने प्रवक्ता झाओ लिजियानले बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x