अस्पतालको सूचना– कोरोना संक्रमितले भर्ना हुनुअगावै ५० हजारदेखि २ लाखसम्म धरौटी जम्मा गर्नू !

धुलिखेल अस्पतालले कोरोना संक्रमितहरू उपचारका लागि भर्ना हुनुअगावै कम्तिमा ५० हजार रूपैयाँ धरौटी जम्मा गर्न आग्रह गर्दै सूचना जारी गरेको छ ।

अस्पतालले कात्तिक ३ को मितिमा जारी गरेको सूचना अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सरकारी निर्णयानुसार कात्तिक २ देखि लागू भएको शुल्क भन्दै अस्पतालले जारी गरेको सूचनामा सामान्य लक्षण भएका बिरामीलाई ५० हजार, मध्यम लक्षण भएका बिरामीलाई १ लाख र जटिल लक्षण भएका बिरामीलाई २ लाख रूपैयाँ धरौटी भर्ना हुनुअगावै जम्मा गर्न भनिएको छ ।


Advertisement

भेन्टिलेटर, अक्सिजन, अन्य जाँचहरूको शुल्क अतिरिक्त लाग्ने अस्पतालले जनाएको छ ।

सरकारले यही कात्तिक २ गतेबाट कोरोना संक्रमितको नि:शुल्क उपचार नगर्ने निर्णय गरेको थियो । 


Advertisement

हेर्नुहोस्, सूचना :

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्