कांग्रेसलाई नेकपाको चुनावी घोषणापत्रको चिन्ता !

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना परीक्षण र उपचार सशुल्क गर्ने सरकारको निर्णयको विरोध गर्दै सत्तारूढ नेकपाकै चुनावी घोषणापत्रको उल्लङ्घन भएको टिप्पणी गरेको छ ।

कांग्रेस संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठको हस्ताक्षरमा जारी विज्ञप्तिमा संविधानले व्यवस्था गरेको मौलिक हक, जनस्वास्थ्य ऐन, सर्वोच्च अदालतको आदेश र आफ्नै पार्टीको घोषणापत्र विपरित नेकपाको सरकारले निर्णय गरेको भन्दै आपत्ति जनाइएको छ ।


Advertisement

कोरोना नियन्त्रणमा सरकार असफल भएको र अन्तिममा परीक्षण र उपचारसमेत जनताले आफैं गर्नुपर्ने निर्णय गरेको भन्दै श्रेष्ठले विज्ञप्तिमार्फत असन्तुष्टि पोखेका हुन् ।

हेर्नुहोस् विज्ञप्ति -


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्