भारतका रअ प्रमुख गोयल किन आए नेपाल ?

बुधवार रअ प्रमुख सामन्तकुमार गोयल केही घण्टाको नेपाल भ्रमणमा आएका छन् ।

गोयलसहित ९ जनाको समूह बुधवार पौने १ बजे विशेष विमानमार्फत काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन् ।


Advertisement

उनी बुधवारै भारत फर्कने कार्यक्रम रहेको स्रोतको दाबी छ ।  

सीमा विवादलाई लिएर नेपाल-भारतबीच ठाकठुक परिरहेका बेला गोयलको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।


Advertisement

कात्तिक तेस्रो साता हुने भारतीय सेनाअध्यक्ष मनोज मुकुन्द नरवाणेको नेपाल भ्रमणका लागि आवश्यक तयारी गर्न उनी आएका हुन सक्ने स्रोतले बतायो ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्