अफगानिस्तान : वाणिज्य दूतावासमा भागदौड हुँदा १५ जनाको मृत्यु

पूर्वी अफगानिस्तानमा पाकिस्तानको वाणिज्य दूतावास नजिक भागदौड हुँदा १५ जनाको मृत्यु भएको छ । 

धेरैजना घाइते भएको खबर छ । 


Advertisement

वाणिज्य दूतावास बाहिरको खुला मैदानमा हजारौं अफगानीहरू भिसाका लागि भेला भएका थिए । 
 

जलालाबाद शहरको प्रान्तीय परिषद्का सदस्य सोहराब कादरीले घटनामा १५ जनाको मृत्यु भएको र तिनमा ११ महिला पनि रहेको बताए । 


Advertisement

दुई अन्य प्रान्तीय अधिकारीहरूले बताएअनुसार, पाकिस्तानको भिसा लिनका लागि तीन हजारभन्दा बढी अफगान नागरिक भेला भएका थिए । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्