‘दशैंको टीकामा एक रुपैयाँ दक्षिणा पाउँदा रोएको क्षण कहिल्यै बिर्सिन्नँ’

रामजी ज्ञवाली
रामजी ज्ञवाली

ज्ञवाली लोकान्तरका कला र मनोरञ्जन संवाददाता हुन् ।

यो पटकको दशैं कसरी मनाउँदै हुनुहुन्छ ?

परिवारसँग काठमाडौंमा घरमै बस्ने । टीका लगाउने । अरूको घरमा नजाने ।


Advertisement

यो पटक दशैंमा मिस भएको कुरा के हो ?

आफन्तको घरमा टीका लगाउन जाने कुरा र साथीभाइसँगको भेटघाट । शायद यी कुरा नै मुख्य छुटेका कुराहरू हुन् ।


Advertisement

जिन्दगीको सबैभन्दा सम्झनलायक दशैं कुन होला ?

दशैं सधैँ उत्साह बोकेर आउँछ । धुमधाम मनाइन्छ । तर, यसपटकको दशैं होला जुन अब सधैँ सम्झनलायक हुनेवाला छ, किनभने, यसपटकको दशैंमा धेरैको हातबाट टिका लगाउन पाइने छैन । साथीभाइहरूसँग भेटघाट पनि खासै हुनेवाला छैन । असाध्यै खल्लो होला योपटक दशैं ।

दशैंको सबैभन्दा महत्त्वपूर्ण पक्ष के हो ?

आफूभन्दा ठूलाको आशीर्वाद लिनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो । यो बाहेक वर्षमा एकपटक टाढा रहेका आफन्त र साथीभाइहरूसँग भेटघाट हुनु पनि महत्त्वपूर्ण कुरा होला ।

दशैंमा सपिङ गर्ने बानी कत्तिको छ ?

पहिले थियो । पहिलेजस्तो पछिल्लो समय दशैंमा सपिङ गर्दाको आनन्द खासै छैन । तर, यसपटकको दशैंमा मैले सपिङ गर्ने योजना बनाएको छैन । पुरानै पहिरनमा दशैं मनाउँदैछु ।

दशैंको राम्रो–नराम्रो पक्ष के–के हो ?

राम्रो कुरा सबैजना जम्मा हुँदा पारिवारिक वातावरण झन गाढा हुन्छ । यसको नकारात्मक पक्ष भनेको के हो भने, हुने खानेलाई दशैं हो, नहुनेलाई दशा हुन्छ ।

दशैं मनाउने तरिका परिवर्तन हुँदै गएको जस्तो लाग्छ ?

हो त्यस्तै लाग्छ । अहिले दशैंको नाममा पार्टी, जमघट, पिउने काम अलिकति बढी भएको हो कि । साँच्चैभन्दा दशैंको रौनक पहिलाजस्तो छैन, साह्रै भड्किलो हुँदै गएको छ ।

दशैंका बेला खानपानमा खासै ध्यान दिएको पाइँदैन नि ? किन होला ?

स्वास्थ्यभन्दा ठूलो केही छैन, त्यसैले आफ्नो स्वास्थ्यलाई ख्याल गरेर मात्रै रमाइलो गर्नुपर्छ । स्वास्थ्यको वास्ता नराखेर खानपान गर्दाको परिणाम आफैँले भोग्नुपर्छ ।

सानो छँदाको दशैं सम्झना कत्तिको याद गर्नुभएको छ ?

सानो छँदा दशैंमा नयाँ लुगा किन्ने र त्यो पहिरनमा चिटिक्क परेर मामा घर जाने, साथीभाइहरू भेट्न जाने गरिन्थ्यो । रमाइलो कुरा त के हो भने मेरो घरमा म र मेरो दाइ (सीताराम कट्टेल)लाई एउटै कपडा सिलाइदिनुहुन्थ्यो । शायद सानो छँदा हामीले सधैँजसो एउटै कपडा लगाइन्थ्यो । तर, ठूलो भइयो, त्यसपछि एउटै पहिरनमा कहिल्यै हामी भेटिएका छैनौं ।

दशैंका बेला सधैँ सम्झनामा आउने एउटा याद के हो ?

मामाघरको हजुरआमासँग बच्चा हुँदाको समयमा पैसा पाइन्छ भन्ने आशमा झण्डै एक दिन म एक्लै हिँडेर टीका लगाउन गएको थिएँ । मामाघर त्योभन्दा अघि जाँदा धेरै पैसा पाइन्थ्यो । तर, एक पटकको दशैंमा ठूलो आशा बोकेर एक दिन लगाएर दशैंको टीका लगाउन गएँ । तर एक रुपैयाँ दिनुभयो हजुरआमाले । त्यसपछि म निकै रोएँ । यो क्षण मैले कहिल्यै बिर्सन्नँ ।

रामजी ज्ञवाली
रामजी ज्ञवाली

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्