सेती प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषको आज मृत्यु भएको छ । 

डोटीको केआईसिंह गाउँपालिका निवासी ५० वर्षीय पुरुषको आज उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।


Advertisement

मंगलबार उपचारमा आएका उनको अवस्था गम्भीर थियो ।

आईसीयूमा राखेर उपचार गर्ने क्रममा परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।


Advertisement

त्यसलगत्तै उनको कोरोना अस्थायी अस्पतालको भेन्टलेटरमा राखेर उपचार भइरहेको थियो ।

सूचना अधिकारी श्रेष्ठका अनुसार संक्रमित पुरुषको बुधवार दिउँसो ३ः१० मा मृत्यु भएको हो ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्