पहिलो डेटमा नै रेस्टुरेन्टको बिल तिर्न नसकेर भाग्नुपर्यो यी युवक

सांकेतिक तस्वीर

अहिले प्रेमी प्रेमिकाबीच डेट जाने चलन सामान्यजस्तै भइसक्यो । प्रेमी प्रेमिका डेट जाने र घन्टौंसम्म सँगै रहने, माया प्रीतिका कुरा गर्ने । 

त्यसैकारण पनि डेट जाने धेरै जोडीको चाहना हुन्छ । 


Advertisement

तर चीनमा भने एक युवकलाई आफ्नी प्रेमिकासँग डेट जाँदा निकै भारी परेको छ । 
यो घटना चीनको झेजियांग प्रान्तको हो । 

त्यहाँ प्रेमी प्रेमिकाले डेटको योजना बनाए र एक रेस्टुरेन्ट रोजे । यो दुवैको पहिलो भेट र डेट हुनेवाला थियो । 


Advertisement

युवक तोकिएको समयभन्दा पहिले नै रेस्टुरेन्ट पुगे र प्रेमिकाको प्रतिक्षामा बसे। 

तर उनकी प्रेमिका रेस्टुरेन्ट त आइन्, एक्लै हैन २३ साथीका साथ । 

शुरूवातमा त सब ठीकै थियो । एकअर्कासँग परिचय गरेर सँगै खाना खाए । 

यसपछि जब रेस्टुरेन्टको बिल युवकलाई आयो, बिल देखेर प्रेमी त्यहाँबाट भाग्नु नै पर्यो । 

युवकलाई करीब १९८०० युआन अर्थात २ लाख १७ हजार (भारू)को बिल आएको थियो । 

त्यो बिल देखेर युवक फरार भए। 

यद्यपी युवतीले भने प्रेमीको उदारता जाँच्नका निम्ति साथी लिएर आएको बताएकी एजेन्सीहरूले उल्लेख गरेका छन् । पछि त्यो बिल एक्लै युवतीले नै तिरेको जनाइएको छ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्