जगदम्बा मोटर्स र भाइबरबीच सहकार्य

जगदम्बा मोटर्सले राकुटेन भाइबर संगको सहकार्यमा नयाँ चाडपर्वको स्टिकर प्रस्तुत गरेको छ।

नयाँ स्टिकर प्याकले प्रयोगकर्ताहरुलाई, यस कोरोना भाइरसका कारण उत्पत्ति भएको कठिन परिस्थितिमा आफ्ना परिवार तथा साथीभाईलाई शुभकामना पठाउन तथा उनीहरू संग जोडी रहन मद्दत पुर्याउने छ।  


Advertisement

जगदम्बा मोटर्स, नेपालका लागि टिभिएस् मोटर्सको आधिकारिक वितरक र राकुटेन् भाइबर, सरल र निशुल्क सञ्चार प्रदायक विश्वको एक अग्रपंक्तिमा रहेको मोबाइल एपले दशैंको अवसरमा टिभीएस का विभिन्न विज्ञप्ति तथा सुचना प्रयोगकर्ता माझ प्रस्तुत गर्ने सम्झौता गरेका छन्।

भाइबर प्रयोगकर्ताले आफ्ना नजिकका तथा प्रिय व्यक्तिहरूलाई टिभिएस्को स्टिकर दशैँ, तिहार र छठको शुभकामना आदानप्रदान गर्न प्रयोग गर्न सक्नेछन्। दुवै पक्षको समझदारी अनुसार, स्टिकर प्याक ३ महिना सम्म सितैमा डाउनलोडका लागि उपलब्ध रहने छ र एकपटक डाउनलोड गरिसकेपछि टिभिएस् दशैंको आशा स्टिकर प्याक प्रयोगका लागि जतिबेला पनि उपलब्ध हुनेछ।


Advertisement

नेपालीका माझ अझ उत्सुकता बढाउन, एक भाग्यशाली "टिभिएस् दशैंको आशा"स्टिकर डाउनलोड कर्ताले टिभिएस्को तर्फबाट एउटा नयाँ  स्कुटर उपहार स्वरूप प्राप्त गर्नु हुनेछ। यो स्टिकर प्याक डाउनलोडका लागि दिइएको लिङ्क मार्फत भाइबरमा उपलब्ध भइसकेको छ। यदि अहिले सम्म भाइबर डाउनलोड गर्नु भएको छैन भने यो लिंक https://vb.me/tvsdashainkoaasha_stickers2020 मार्फत सजिलै डाउनलोड गर्न सकिनेछ ।

जगदम्बा मोटर्स र राकुटेन भाइबर विचको उक्त समझदारीको उपयोगिताका बारे बोल्ने क्रममा, जगदम्बा मोटर्सका उपाध्यक्षले भन्नुभयो, " नेपालीहरुको ठुला चाडपर्वहरू नजिकिँदै गर्दा, हामीलाई यो कोरोना भाइरसको कठिन परिस्थितिमा आफ्ना परिवार तथा साथीभाई विच भेटघाट तथा शुभकामना आदानप्रदान गर्न गाह्रो भइरहेको छ। त्यसकारण यस परिवेशमा, भाइबर मार्फत टिभिएस्का विभिन्न स्टिकरद्वारा शुभकामना आदानप्रदान गर्न सकिनेछ। यो टिभिएसको एउटा सानो प्रयास रहेको छ"।

यस साझेदारीका बारे बोल्दै राकुटेन भाइबरकी प्रमुख बिकास अधिकृत अन्ना नामेन्सकायाले भन्नुभयो, "हामी पुन नेपालमा जगदम्बा मोटर्ससंग सहकार्य गर्न पाएकोमा एकदमै उत्साहित छौँ। हामी आशावदी छौं कि  यस साझेदारीलाई अझ शशक्त बनाउँदै आउने दिनहरूमा नेपालका हाम्रा प्रयोगकर्तामाझ अझ आकर्षक सुविधाहरु प्रदान गर्न सफल हुनेछौं"।

कम्पनीले गत साल पनि भाइबर स्टिकर प्रस्तुत गरेको थियो।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्