उपराष्ट्रपतिको चाडपर्व खर्च वापतको रकम कोरोना कोषमा

 उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले चालु आर्थिक वर्षका लागि प्राप्त गरेको चाडपर्व वापतको  खर्च रकम ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’लाई प्रदान गर्ने भएका छन् ।
उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले बुधबार एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका छन् ।

विज्ञप्तिमा उपराष्ट्रपतिले सो कोषमा यसअघि पनि एक महिनाको पारिश्रमिक रकम जम्मा गरिसकेको समेत जानकारी दिइएको छ ।
लोकान्तरले कोरोना महामारीका बीच पनि सांसदहरुले दशैं भत्ता लिएको समाचार प्रकाशित गरेसँगै चौतर्फी आलोचना थेग्न नसकेर अहिले सांसदसहित राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्यसम्मले रकम फिर्ता गर्ने लहर चलेको छ ।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्