राजा वीरेन्द्रसँग भेट गर्ने अन्तिम पत्रकार रहेनन्

अग्रज पत्रकार माधवकुमार रिमालको  निधन भएको छ । मैतीदेवीस्थित आफ्नै निवासमा आज दिउँसो उनको निधन भएको छोरी सरिता रिमालले जानकारी दिइन् ।
अङ्ग्रेजी पाक्षिक पत्रिका ‘स्पटलाइट’को करीब एक दशक उनी प्रकाशक एवं सम्पादक थिए ।

छयानब्बे वर्षीय रिमालसँग परराष्ट्र सेवामा रहँदा तत्कालीन पूर्वीपाकिस्तानमा नेपाली महावाणिज्यदूतका रुपमा काम गरेको अनुभव थियो ।
  विसं २०५८ जेठ १९ गते दरबार हत्याकाण्ड भएकै दिन  तत्कालीन राजा वीरेन्द्रसँग उनले भेटघाट गरेका थिए । सोही  राति दरबार हत्याकाण्ड भएको थियो । उनका तीन छोरा र दुई छोरी छन् ।
उनको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा बिहीबार बिहान अन्त्येष्टि गरिने छ ।


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्