बाँकेमा कोरोनाबाट एकको मृत्यु, चितवनमा प्रहरी हवल्दारको मृत्यु

बाँकेमा आज थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाबाट कञ्चनपुर बेलाडी—५ का २४ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति नरेश श्रेष्ठले मानसिक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि कोहलपुर आएका युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको जानकारी दिए ।
बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका १५ जनाको कोरोनााट मृत्यु भइसकेको छ ।


Advertisement

यसैबीच कोरोना सङ्क्रमणका कारण चितवनमा  एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् । उनको  चितवन मेडीकल कलेजमा आज दिउँसो ४ः३० बजे मृत्यु भएको हो ।

 


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्