विदेशबाट फर्किनेको संख्या दिनहुँ बढ्दै, हालसम्म कुन देशबाट कति फर्किए ? (तथ्यांकसहित)

कोभिड–१९ बाट उत्पन्न परिस्थितिका कारण विदेशमा रोजगारी गुमाएका तथा फर्कनै पर्ने नेपालीहरु स्वदेश फर्किने क्रम जारी छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार बुधबारसम्म विभिन्न ३२ मुलुकबाट १ लाख १६ हजार ५१८ नेपाली स्वदेश फर्किएका छन् ।

जसमध्ये खाडी मुलुकबाट सबैभन्दा धेरै नेपाली फर्किएका छन् । गत चैतमा सरकारले अन्तर्राष्ट्रिय उडानमा रोक लगाएपछि केही समय चार्टर उडानमार्फत नेपाली ल्याइएको थियो भने पछिल्लाे समय नियमित उडानमार्फत समेत स्वास्थ्य मापदण्ड पूरा गरेर नेपाली ल्याउने गरिएको छ ।


Advertisement


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्