×

NMB BANK
NIC ASIA

'विकासका निम्ति रानीपोखरीको पुनर्निर्माण महत्वपूर्ण कोसेढुङ्गा'

कात्तिक ६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रपति विद्यादेवी भण्डारीले मल्लकालीन शैलीमा पुनर्निर्मित ऐतिहासिक रानीपोखरीको बुधबार ताम्रपत्र अनावरण गरी उद्घाटन गरेकी छन् । 

Muktinath Bank

पाँच वर्षअघि २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भई गएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएपछि रानीपोखरीको पुनर्निर्माण गरिएको हो । पुनर्निर्माणपछि रानीपोखरी क्षेत्र सांस्कृतिक चाडपर्व मनाउन आउने र स्वदेशी एवं विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रानीपोखरी परिसरमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले बालगोपालेश्वर मन्दिरमा प्राणप्रतिष्ठा पूजाको आरती लिनुका साथै विभिन्न तीर्थस्थल, नदी र कुण्डबाट ल्याइएको जल रानीपोखरीमा अर्पण गरिन् । प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायतले पनि पोखरीमा जल अर्पण गरेका थिए।


Advertisment
Nabil box
Kumari

त्यस अवसरमा बालगोपालेश्वर मन्दिरको प्राणप्रतिष्ठा र क्षमापूजा गरिएको थियो । आफ्ना दिदीबहिनी नहुने दाजुभाइले तिहारमा त्यहाँ गएर भाइटीका लगाउने चलन छ । बालगोपालेश्वर मन्दिर विगतको गुम्बज शैलीबाट प्रताप मल्लकालीन ग्रन्थकुट शैलीमा पुनर्निर्माण गरिएको छ ।

Vianet communication
Laxmi Bank

समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले विभिन्न समस्या र परिस्थितिसँग पौँठेजोरी खेल्दै ऐतिहासिक रानीपोखरीको पुरानै शैली, स्वरूप र प्रविधिमा पुनर्निर्माण भएको बताइन् । पुनर्निर्माणको सुरुवात गरिएको झन्डै पाँच वर्षको अवधिमा निर्माण पूरा भएको हो । भूकम्प गएकै साल २०७२ माघ २ गते भूकम्प सुरक्षा दिवसको अवसरमा राष्ट्रपति भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् ।

राष्ट्रपतिले भनिन्, ‘‘जुन दिन हामीले यहीँ उभिएर रानीपोखरी पुनर्निर्माणको थालनी गर्दै मुलुकभर पुनर्निर्माण महाअभियान शुरू भएको घोषणा गरेका थियौँ । आज रानीपोखरीको किनारमा उभिएर हामीले गरेको उक्त अठोट र प्रण पूरा हुन लागेको सुन्न र सुनाउन पाउँदा मलाई खुसी लागेको छ ।’’

उनले भूकम्पबाट क्षतिग्रस्त बाँकी संरचनाको पुनर्निर्माण पनि योजनाबद्ध रूपमा छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गरिन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले परम्परागत प्रविधि, शैली र निर्माण सामग्रीको प्रयोग गरी पुनर्निर्माण गरेको रानीपोखरी र बालगोपालेश्वर मन्दिरले हाम्रा पुराताìिवक सम्पदाहरूको संरक्षण र पुनर्निर्माणको क्षेत्रमा एउटा उदाहरण प्रस्तुत गरेको भनाइ राष्ट्रपतिको छ ।

उनले प्राकृतिक एवं सांस्कृतिक सम्पदाले समृद्ध काठमाडौँ उपत्यकाको संरक्षण र विकासका निम्ति रानीपोखरीको पुनर्निर्माण एउटा महत्वपूर्ण कोसेढुङ्गा साबित भएको विश्वास व्यक्त गरिन्।

सन्तान शोकमा डुबेकी आफ्नी रानीलाई शोकबाट मुक्त गरी व्यावहारिक जीवनमा फर्काउनका लागि संवत् १७२६ मा कान्तिपुरका तत्कालीन राजा प्रताप मल्लले रानीपोखरीको निर्माण गर्न लगाएका थिए । जङ्गबहादुर राणाद्वारा बेलायत भ्रमणपछि गुम्बज शैलीमा बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण गरिएको थियो । १९९० सालको भूकम्पबाट मन्दिरको गजुर भत्केपछि जुद्धशमशेर राणाद्वारा गुम्बज शैलीमै पुनर्निर्माण गरिएको थियो ।

गत असोज १५ गते बालगोपालेश्वर मन्दिरको शीर्ष भागमा १२३.७ किलोग्राम तामाबाट निर्मित सुनको जलप लगाइएको गजुर स्थापना गरिएको थियो । रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणमा करिब २८ करोड रुपियाँ खर्च भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

सोही अवसरमा राष्ट्रपति भण्डारीले रानीपोखरी क्षेत्रलाई हालको रत्नपार्क, खुलामञ्च, टुँडिखेल, भृकुटीमण्डप र दशरथ रङ्शाला समेतलाई जोडी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार पारेको बृहत्तर गुरुयोजना सरोकारवाला पक्षसँग समन्वय गरी कार्यान्वयनमा लैजान शुभकामना दिइन् ।

राष्ट्रपतिले भनिन्, ‘‘पुनर्निर्माण हुँदै गरेको धरहरा र यस गुरुयोजनाको कार्यान्वयनले काठमाडौँवासीलाई विशाल खुलाक्षेत्र उपलब्ध हुनेछ । यसबाट सांस्कृतिक चाडपर्व मनाउन, खेल मैदानका रूपमा प्रयोग गर्न तथा स्वदेशी एवं विदेशी पर्यटकहरूका आकर्षणको केन्द्र बनाउन मद्दत पुग्ने मैले विश्वास लिएको छु । ’’

दरबार हाइस्कुलको उद्घाटन
रानीपोखरीपछि राष्ट्रपति भण्डारीले मित्र राष्ट्र चीनको सहयोगमा पुनर्निर्मित दरबार हाइस्कुलको समेत उद्घाटन गरिन्। यसअघि रानीपोखरीको उद्घाटनका क्रममा उनले त्यसबखत विद्यालयहरू खुल्न नसकिरहेको परिवेशमा उक्त हाइस्कुल स्थापना भएपछि मुलुकमा शैक्षिक चेतना र जागरणका क्षेत्रमा नयाँ आयाम थपिएको चर्चा गरिन्।

उनले भनिन्, ‘‘पूर्वाधारले सुसज्जित यस विद्यालयले नेपालको सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तरको मानक कायम राख्न सफल हुनेछ । ’’

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले यही मङ्सिरभित्र सिंहदरबारको मुख्य भागको पुनर्निर्माण सम्पन्न गरी प्रधानमन्त्री कार्यालय सार्ने लक्ष्यसहित काम भइरहेको जानकारी दिए। यस्तै उनले यही पुस महिनाभित्र २२ तलासहित धरहराको मूल संरचना सम्पन्न गर्ने विश्वास पनि दिलाइन्।

दरबार स्कुल हस्तान्तरण
राष्ट्रपति भण्डारीले रानीपोखरीसँगै रहेको दरबार हाइस्कुलको पुनर्निर्मित भवनको उद्घाटन गरिन्।

राष्ट्रपति भण्डारीले भवनको मूल ढोकाछेउमा रहेको ताम्रपत्र अनावरण गरी विद्यालयको उद्घाटन गरेकी हुन् ।

भूकम्पबाट क्षतिग्रस्त विद्यालयको भवन पुरानै शैलीमा भूकम्प प्रतिरोधी प्रविधिमा आधारित भई पुनर्निर्माण गर्न सहयोग पुर्‍याएकोमा राष्ट्रपति भण्डारीले चीन सरकारलाई धन्यवाद दिनुभयो । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतको सहभागिता थियो ।

त्यसै अवसरमा विद्यालय भवन निर्माण गर्ने चिनियाँ कम्पनी साङ्घाई कन्सट्रक्सनका प्रतिनिधिले विद्यालयको साँचो राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई हस्तान्तरण गरेका थिए ।

त्यसपछि उक्त साँचो काठमाडौँ महानगरपालिकाका नगर प्रमुख विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गरियो । चीन सरकारको ८५ करोड रुपियाँको सहयोगमा निर्माण सम्पन्न भएको भवन चारतले छ । साढे नौ रोपनी क्षेत्रफलमा निर्मित नयाँ भवनमा ४५ वटा कोठा छन् । यस विद्यालयमा एकै पटक आठ सय विद्यार्थीले अध्ययन गर्न सक्ने छन् । गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x