×

NMB BANK
NIC ASIA

निर्मला हत्या प्रकरण: पुराना फाइल पल्टाउँदै प्रहरी

कात्तिक ६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको दुई वर्ष दुई महिनापछि प्रहरीले फेरि घटनासम्बद्ध पुराना फाइल पल्टाउन थालेको छ ।

Muktinath Bank

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्मला हत्या प्रकरणलाई छिट्टै टुंगोमा पुर्‍याउने बताउँदै आइरहेका बेला प्रहरीले सो घटनाका पुराना अनुसन्धान फाइल तथा मिसिल फेरि पल्टाउन थालेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैगरी, पुराना फाइलको अध्ययनसँगै प्रहरीले पहिले अनुसन्धानमा तानिएर छुटेका र नयाँ सम्भावित अनुहारलाई समेत उच्च निगरानी गरिरहेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतले सो हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरी टोली सक्रिय रहेको र पुराना मिसिलसमेत अध्ययन हुँदै गरेको बताए ।


Advertisment
Nabil box
Kumari

‘अनुसन्धानका लागि प्रहरीका धेरै टोली सक्रिय छन्, पुराना मिसिल पुनः अध्ययन गर्ने तथा शंकास्पद पुराना तथा नयाँ अनुहारमाथि उच्च निगरानी राखिएको छ,’ प्रहरी प्रवक्ता एसएसपी कडायतले राजधानीसँग भने ।

Vianet communication
Laxmi Bank

उनले पहिले अनुसन्धानका क्रममा तानिएर छाडिएकाहरूको समेत मुद्दा नटुंगिएका कारण उनीहरू पनि अनुसन्धानकै क्रममा रहिरहने जनाएका हुन् ।  ‘पहिले अनुसन्धानमा तानिएका र छुटेकाहरूको मुद्दा टुंगिएको होइन, आवश्यक परे फेरि पनि अनुसन्धानको दायरामा ल्याउन सकिन्छ । नयाँ अनुहार पनि निगरानीमा छन्,’ प्रवक्ता कडायतले थपे ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले घटनाका दोषीलाई कारबाही गरेरै छाड्ने नीति लिएपछि सुस्त रहेको अनुसन्धानले फेरि तीव्रता लिएको हो । महानिरीक्षक क्षेत्रीले पदभार सम्हाल्दा नै सो घटनालाई टुंगोमा पु-याउने बताएका थिए ।
‘अनुसन्धानको गतिले अहिले लय लिएको छ, अनुसन्धान निष्कर्ष नजिक छ, केही समयभित्रै सत्यतथ्य बाहिर आउँछ,’ एक उच्च प्रहरी अधिकारीले भने ।

१० साउन २०७५ मा पन्तको घरनजिकै उखुबारीमा बलात्कार पछि हत्या गरिएको थियो । प्रहरीले उनको शवलाई ११ गते बिहान नियन्त्रणमा लिएको थियो । त्यसपछि घटना भएको २४औं दिन अर्थात् ४ भदौ २०७५ मा प्रहरीले दिलिप विष्टलाई मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो ।

तर, डीएनए परीक्षणको अनुसन्धानले विष्टलाई निर्दोष देखाएपछि उनी छुटेका थिए । विष्ट निर्दोष रहेको भन्दै कञ्चनपुरमा आन्दोलन उठ्दा भीमदत्त नगरपालिका–१८ का १४ वर्षीयसन्नी खुनाको ज्यानसमेत गएको थियो । त्यस बखत सो घटनामा परी १२ जनाभन्दा बढी घाइते भएका थिए ।

गृह मन्त्रालयले सो घटनाको अनुसन्धानका लागि भन्दै सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । मैनाली नेतृत्वको समितिले निर्मलाको अन्यत्रै सामूहिक बलात्कार भएर उखुबारीमा लगेर शव फालिएको निष्कर्ष निकालेको थियो । प्रतिवेदनमा प्रहरीले अनुसन्धानमा चरम लापरवाही गरेको भनिएको छ ।

घटनाको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले तत्कालीन डीआईजी धीरु बस्न्यातको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधि पनि घटनाको अनुसन्धानका लागि कञ्चनपुर पुगेका थिए भने आयोग टोलीले डीएनए परीक्षणको विधि नै सही नभएको निष्कर्ष निकालेको थियो ।

वर्तमान आईजीपी थापाले भने आईजी भएलगत्तै सो घटनाबारे तीन जना डीआईजीसँग छलफलसमेत गरेका थिए । स्रोतका अनुसार प्रहरी महानिरीक्षक थापाले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख डीआईजी सहकुल थापा र सीआईबीकै पूर्वप्रमुखसमेत रहेका डीआईजी (हाल एआईजी) निरज शाहीसँग घटनाबारे छलफल गरेका थिए ।

घटनाको अनुसन्धानका लागि यसअघि सीआईबी र प्रहरी महानिरीक्षकको सचिवालयबाट समेत विशेष टोली खटाएको भनिए पनि प्रहरीबाट घटनाको निष्कर्षतर्फ कुनै उपलब्धि भएको छैन । प्रहरीतर्फबाट घटनाको अनुसन्धानका लागि पठाइएका समिति नै धेरै पटक फेरबदल भइसकेका छन् ।

हत्याको अनुसन्धानमा गएका प्रहरीहरूसमेत यस बीचमा अनुसन्धानको दायरामा तानिएका छन् भने उनीहरूविरुद्ध नै उल्टै मुद्दा चलेको छ । मुद्दा चलेका प्रहरी अधिकारीसहितले केही समयअघि मात्रै जिल्ला अदालत कञ्चनपुरबाट सफाइसमेत पाइसकेका छन् भने उनीहरूमाथि लगाइएको निलम्बनसमेत फुकुवा भएको छ ।

दुई वर्षअघि आजकै दिन अर्थात् ११ साउनमा घर नजिकैको उखुबारीमा निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x