×

NMB BANK
NIC ASIA

महामारीको मौका छोपेर खोलामा डोजर

कात्तिक ६, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

कोरोना कहरको मौका छोपी जिल्लाका विभिन्न खोलामा डोजरमार्फत अवैध उत्खनन गर्न थालिएको छ । यहाँका झन्डै दुई दर्जन खोलामा डोजर लगाई जथाभावी उत्खनन गर्ने क्रम बढेको हो ।

Muktinath Bank

लकडाउन र निषेधाज्ञाका बेला स्थानीय सरकारको अनुगमन फितलो भएपछि नदीजन्य सामग्री निकाल्ने क्रम बढ्दै गएको छ । नारायण, दुल्लु र डुगेश्वरको दोभानमा रहेको त्रिवेणी खोलामा बीएनपी कन्स्ट्रक्सन र डीसी निर्माण सेवाले मनपरी रूपमा नदीजन्य सामग्री निकाल्दै आएका छन् । ‘संक्रमणको मौका छोपी ठेकेदारले जथाभावी गिट्टी–बालुवा निकालिरहेका छन्,’ स्थानीय विभूषण रानाले भने, ‘पालिका र स्थानीय प्रशासनमा पटकपटक रोक्न आग्रह गरे पनि बेवास्ता भइरहेको छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनप्रतिनिधि र ठेकेदारको मिलेमतोमा अवैध उत्खनन भइरहेको उनको आरोप छ । उनका अनुसार खोलाको बीच भागमा डोजर लगाइँदा विभिन्न प्रकोपको जोखिम बढेको छ । पुलको पाँच सय मिटर नजिकबाट नदीजन्य सामग्री निकाल्न नमिल्ने भए पनि विभिन्न निर्माण कम्पनीले जथाभावी डोजर लगाइरहेको स्थानीयको गुनासो छ ।


Advertisment
Nabil box
Kumari

नारायण नगरपालिका–२ स्थित छामघाट खोलाको पुल मुनिबाट ठेकेदारले निर्माण सामग्री निकालिरहेको स्थानीय कमल केसीले बताए । ‘प्रहरीलाई खबर गरे पनि बेवास्ता भयो,’ उनले भने, ‘उल्टै ठेकेदारले गाउँलेलाई धम्क्याइरहेका छन् ।’ उनका अनुसार लोहोरे, कट्टी, दोभान, छाम्घाट, ताराघाटलगायत खोलामा रात–दिन दोहन बढेको छ ।

Vianet communication
Laxmi Bank

माथिल्लो र तल्लो ड्गुेश्वरस्थित कर्णाली नदीको रामघाटमा पनि विभिन्न निर्माण कम्पनीले ढुंगा–गिट्टी निकालिरहेका छन् । खोला र नदीबाट निर्माण सामग्री चोरेर ठेकेदारहरूले महँगो मूल्यमा बिक्री गर्ने गरेको केसीको भनाइ छ ।

महाबु र भैरवी गाउँपालिकाले खोलाहरूको एकमुष्ट ठेक्का मध्यपहाडी लोकमार्गका ठेकेदारलाई दिए पनि अन्य ठेकेदारले समेत मनपरी गरिरहेका छन् । सबै पालिकालाई वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गरेर मात्र नदीजन्य सामग्री उत्खनन गर्न आग्रह गरे पनि बेवास्ता भएको जिल्ला समन्वय समिति प्रमुख प्रेम थापाले बताए ।

‘सबै पालिकामा नियमविपरीत काम भइरहेको छ,’ उनले भने, ‘अनुगमनमा कडाइ नहुँदा खोला र नदीहरूमा ठेकेदारको मनपरी बढ्यो ।’ जिल्ला वन कार्यालयले १ हजार रुपैयाँ मात्र जरिवाना गरी ठेकेदारलाई छुट दिँदा मनोबल बढेको उनको भनाइ छ । जिल्लामा सञ्चालित चार क्रसर उद्योग पनि मापदण्डविपरीत चलिरहेको उनको दाबी छ । सबै स्थानीय तहका विभिन्न खोला र नदीमा अनुगमन गरिने प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए । कान्तिपुर दैनिकमा ज्योति कटुवालले खबर लेखेकी छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x